Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षा रोकिएपनि ग्रामिण सडक अझै अवरुद्ध

Published on 11:55:00 PM //

कविता घर्ती मगर
असार ७, बाग्लुङ । गुल्मीको पश्चिम क्षेत्रमा लगातारको वर्षा रोकिएसगैं विभिन्न स्थानमा गएको पहिरो हटाउने क्रम पनि विस्तारै अगाडि बढेको छ , विभिन्न स्थानमा गएका पहिरो हटाउन नसक्दा ग्रामिण क्षेत्रका कतिपय स्थानका मोटरबाटो भने अझै अवरुद्ध बनेका स्थानीयले बताएकाछन् ।
गत आईतबारदेखि अवरुद्ध गुल्मी तम्घास देखि नेटा दर्लिङसम्मको मोटरबाटो अझै सञ्चालनमा आउन सकेको छैन् । गुल्मीको नेटा ४ भनभने तथा कुसेपानी र दर्लिङमा खसेको पहिरो हटाउने काम अगाडी नबढ्दा यातायात सेवा अवरुद्ध बनेको हो । त्यस्तै स्थानीय पौदीअमराई देखि थाम अरेवा जोड्ने मोटरबाटो अन्तर्गत अरेवाको जुकेपानीमा पहिरो गएपछि अवरुद्ध बनेको हो ।

जसले गर्दा लामो दुरीका यात्रुहरु समस्यामा परेका छन् । साथै पहिरो हटाउनका लागि स्थानीय स्तरमा पहल भैरहेको र अव छिट्टै बाटो सुचारु हुने हाम्रा सहकर्मी माधव घिमिरेले समाचार पठाउनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग