Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लामाखर्क-रुपन्देही सम्पर्क समाज गठन हुने

Published on 1:50:00 PM //

ज्ञवा संचार
असार ९ । गुल्मी ज्ञवा बलेटक्सार-९, लामाखर्कबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा बसाँईसराइ, जागिर, ब्यवसाय, अध्ययन-अध्यापन तथा अन्य बिभिन्न सिलसिलामा रहेका लामाखर्कबासिले प्रस्तावित लामाखर्क-रुपन्देही सम्पर्क समाज गठन प्रक्रिया सुरु गरेका छन् । यस क्षेत्रमा सयौँ संख्यामा रहेका लामाखर्कबासीको न्यून उपस्थिति रहेकोले फेरी साउन ५ गते शनिबार  बुटवल कालिकानगर सिवालय मन्दिरमै अर्को बृहत भेलागरि सम्पर्क समाज गठन गर्ने निर्णय सहित तदर्थ समिति गठन गरिएको छ ।
जेष्ठ सदस्य श्री आत्मराम ज्ञवाली (पर्रोहा)को प्रमुख अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिमा श्री इस्वरी प्रसाद ज्ञवाली (जामुने) अध्यक्ष, श्री इश्वरी प्रसाद ज्ञवाली (तोष) उपाध्यक्ष, श्री गोकर्ण (प्रकाश) ज्ञवाली (ठुलापोखरा) सचिब र श्री गणेश ज्ञवाली (नुन्थला) कोषाध्यक्ष रहनु भएको छ । सल्लाहकारको रुपमा श्री कुलानन्द ज्ञवाली (भैरहवा), हरि प्रसाद ज्ञवाली (देबिनगर), आत्मराम ज्ञवाली (पर्रोहा), कपिल ज्ञवाली (तिनपाटा) र हरि ज्ञवाली (ठुलापोखरा) रहनु भएको छ | सदस्यमा सुशिला ज्ञवाली, कृष्ण गौतम, मुम बहादुर पल्ली, ज्ञानेश्वर ज्ञवाली आदि रहनु भएको छ |
लामाखर्क-रुपन्देही सम्पर्क समाज गठन गर्नुको उदेश्य प्रकाश पार्दै तदर्थ समितिका सल्लाहकार कुलानन्द ज्ञवालीले भन्नुभयो - यस क्षेत्रमा छरिएर रहेका गाउँबासीबिचको परिचय लोप हुन नदिने र समाजले एकजुट भएर सामाजिक रचनात्मक कार्य गरि यस क्षेत्रमा आफ्नो गाउँको पहिचान स्थापित गर्ने उदेश्य रहेको बताउनु भयो |

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग