Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भुस्याहा कुकुरको टोकाइबाट झन्डै एक दर्जन घाइते

Published on 8:33:00 PM //

अनिल खत्री
गुल्मी, असार २९ । गुल्मीको सदरमुकाम तम्घास लगायत छिमेकी गा.विस.हरुमा भुस्याहा कुकुरको टोकाइबाट झन्डै १ दर्जन जति घाइते भएका छन । बिहिवार र शुक्रवार गरि दुई दिन सम्म सदरमुकाम तम्घासका उप्पलो तम्घास, देउराली, खानिगाँउ र छिमेकी गाविस सिमिचौर, दुबिचौर गाबिसका मानिसलाई टोकेर घाइते बनाएको जिल्ला स्वाथ्य कार्यलय गुल्मीका प्रमुख डा. हरिबहादुर केसीले जानकारी दिनु भयो ।

जिल्ला स्वाथ्य गुल्मीले दिएको जानकारी अनुसार सदरमुकाम तम्घासका बिभिन्न ठाँउका ७ जना र सिमीचौर गाविसका १ जना र दुविचौर गाविसका २ जना गरि १० जना लाई टोकेर घाइते बनाएको छ । भुस्याहा कुकुरले टोकेर घाइते बनाएर उपचारको लागी जिल्ला अस्पताल आएका मध्ये २ जनाको अलि ठुलो घाउ भएकोले पाल्पा रिफर गरिएको डा.के.सीले जानकारी दिनभयो भने अन्य ८ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । स्थानियले दिएको जानकारी अनुसार भुस्याहा कुकुर गुल्मीको दुबिचौर, सिमीचौर हुँदै तम्घाससम्म आएर एउटै कुकुरको टोकाइबाट धेरै घाइते बनाएको छ । स्मरण रहोस गत साल पनि गुल्मीको सदरमुकाम तम्घासका बिभिन्न ठाँउमा भुस्याहा कुकुरको बिगबिगी भए पछि कुकुर मार्न स्थानियवासीले जिल्ला प्रसाशनमा अनुरोध समेत गरेका थिए ।  जिल्ला प्रसाशान, तम्घास गाबिस, पशुसेवा कार्यलय सहितको टोलिले गत साल तम्घासका बिभिन्न ठाँउबाट भुस्याहा कुकुर नियन्त्रणमा लिई मारेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग