Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पनि भानु जयन्ती मनाइयो

Published on 8:37:00 PM //

संगिता कुवँर
गुल्मी, असार २९ । गुल्मीमा पनि आदिकवि भानुभक्त आचार्यको सम्झनामा २०० औँ भानु जयन्ति मनाईएको छ । किरण पुस्तकालय तम्घास गुल्मीले जिल्लाका साहित्यकारहरुलाई तम्घासको वालमन्दिमा जम्मा गरेर भानुजयन्ति मनाएको छ । पुस्तकालयले भानुजयन्तिको अवसरमा कविता वाचन प्रतियोगिता पनि गरेको थियो । वाल तथा प्रौढ कविता प्रतियोगितामा गुल्मीका वाल कवि तथा तरुण कविहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतियोगि तथा अप्रतियोगि गरेर ३० जना कवि-कवियत्रिहरुले कविता वाचन गरेका थिए ।  १८ जनाको सहभागिता रहेको वाल कविता प्रतियोगितामा सुदिप मरासिनी प्रथम हुनुभएको छ । त्यस्तै तेज बहादुर विक द्वीतिय, मनिसा पाण्डे तृतिय, लालमणि घिमिरे र शैलेश मरासिनी शान्तवना हुनुभएको छ ।  त्यस्तै १० जनाको सहभागिता रहेको प्रौढ कविता प्रतियागिता तर्फ लक्ष्मण रिजाल प्रथम हुनुभएको छ । त्यस्तै नारद गौतम द्वितिय, काशिनाथ निश्रीत तृतिय, गोकर्णराज आचार्य र पार्वती केसी शान्तवना हुनुभएको छ ।
प्रतियोगितामा प्रेमनाथ अर्याल, रमाकान्त पौड्याल र राधा पन्थीले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो । भानुजयन्तिकै अवसरमा पुस्तकालयमा अध्यक्ष नरप्रसाद श्रेष्ठले अक्षयकोष स्थापना स्वरुप पुस्तकालयलाई आर्थिक सहयोग गर्नुभएको छ । श्रेष्ठले पुस्तकालय ब्यवस्थापन समितिका सचिव शशी पन्थीलाई २५ हजार ५ सय वरावरको चेक हस्तान्त्रण गर्नुभएको थियो ।
त्यस्तै सोहि अवसरमा सहयक प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर घर्तिले पुस्तकालयलाई पुस्तकरुपि मायाको चिनो प्रदान गर्नुभएको थियो । साथै घर्ति सोहि अवसरमा किरण पुस्तकालयले प्रकाशन गर्दै आएको हाम्रो पुरुषार्थको आजिवन सदस्य समेत वन्नुभएको छ ।  कार्यक्रम पुस्तकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको प्रमुख आतिथ्यता तथा स्थानीय विकास अधिकारी हरी प्रसाद ज्ञवालीको विशेष आतिथ्यता र भुवन प्रसाद अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार दीन पन्थीले भानुभक्तका विशेषताको वारेमा चर्चा गर्नुभएको थियो । सहभागि सम्पूर्ण साहित्यकारहरुले भानुभक्तले देखाएको वाटो अहिलेका साहित्यकारहरुले अनुशरण गर्नुभपर्ने बताएका थिए । कार्यक्रममा जिल्लाका करिव २ सय जना साहित्यकारहरुको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग