Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा-माओबादी संबिधानसभा चुनाव बिरुद्द भन्डाफोर अभियान चलाऊने

Published on 1:29:00 AM //

अनिल खत्री
गुल्मी, साउन ८ । नेकपा-माओबादी गुल्मीको विषेश ईलाका तम्घासको वैठक सम्पन्न भएको छ । वैठकले मंसिर ४ गते हुने भनेको संविधानसभा चुनाव विरुद्ध भण्डाफोर कार्यक्रमलाई अगाडि वढाउने निर्णय गरेको छ । साथै वैठकले आउँदो १० गते सदरमुकाम तम्घासमा नेकपा-माओबादीले गर्ने भनेको भण्डाफोर सभालाई सहयोग गर्ने निर्णय गरेको छ ।
सोहि कार्यक्रमको प्रचार स्वरुप आजै देखि सदरमुकाम तम्घासमा भित्तेलेखन, पोष्टर टाँस्ने र तुल ब्यान राख्ने काम गरिएको नेकपा-माओबादीले जनाएको छ । वैठकमा नेकपा-माओबादी गुल्मीका सेक्रेटरी आकाशको प्रमुख आतिथ्यता, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रामकृष्ण कंडेल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य सुमित्रा केसी र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य अविरलको विषेश उपस्थिति रहेको थियो । वैठक विशेष ईलाका सेक्रेटरी प्रशान्त वरालको संचालनमा सम्पन्न भएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग