Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 1:26:00 PM //

-कल्पना पौडेल "जिज्ञासु"
शासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि
पेटभरी खाना तिनिलाई माना फेरिन्थ्यो कि

चाड पर्व हिउँद बर्षा सधैं एकनास तिनलाई
लाज छोप्न शरीर ढाक्ने नाना फेरिन्थ्यो कि

उस्तै रहे जिन्दगीका कथा ब्यथा कहानी
नयाँ खबर छापिने पाना फेरिन्थ्यो कि

गरीबिको पिडाले बगेका छन अश्रुधारा  
सरकार बदल्ने आँसुका दाना फेरिन्थ्यो कि

नौलो क्रान्ती आउँछ बिकास हुन्छ भन्ने ति
धोकेवाज नेताको त्यो बाहाना फेरिन्थ्यो कि

गैँडाकोट-४, नवलपरासी
हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग