Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीमा सटर भाडा आकाशियो

Published on 11:02:00 AM //

रुरु नेटवर्क
रिडी,श्रावण १५। रिडी बसपार्क तथा आसपासका ठाउँहरुमा ब्यवसाय संचालनका लागि प्रयोग गरिने सटरहरुको भाडा अप्रत्यासित रुपमा आकाशीएको छ्। हिजो रिडी उच्च माबिले बसपार्क चोकमा रहेको करीब ८ वटा सटरहरु भाडामा दिनका लागि गरेको गोप्य बोलपत्रका क्रममा ३०० प्रतिशतले मुल्य ब्रिद्धी हुँदै भाडाका लागि गएको छ ।
प्रती महिना ३ हजार रुपैँया रहेको सटरको भाडा गोप्य बढीबढामा जाँदा अहिले ११ हजार रुपैया कायम भएको छ । त्यस्तै प्रतीमहिना २००० रुपैँया रहेको सटरको भाडा अहिले ९ हजार रुपैँयामा कायम भएको छ । अप्रत्यासित रुपमा यसरी सटरहरुको भाडा बृद्दी भए पछी सटरमा बस्ने ब्यबसायीहरु तथा उपभोक्ताहरु मारमा पर्ने भएका छन भने यसले रिडीमा रहेका अन्य सटरहरु तथा घरको भाडा बढ्ने निस्चित भएको छ । साथै यस्ले रिडीमा महंगी निम्त्याउने सम्भावना पनि प्रबल बनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग