Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्कु देखाएर लुटपाट गर्ने पक्राउ

Published on 1:18:00 PM //

शिवलाल सुबेदी
गुल्मी, १५ साउन । जिल्लाको वामीमा चक्कु देखाएर एक महिलालाई लुटपाट गर्ने २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
वामी ५ बाट काडेवास जादै जादै गरेकी स्थानीय सारदा भण्डारीलाई बाटोमा लुकी राखेर चक्कु देखाएर लुटपाट गर्ने वामी ५ का प्रकास केसी र आफ्नै अकंलका छोरा अर्का प्रकास केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले एक्लै बाटोमा हिडीरहेको अवस्थामा ती महिलालाई खोल्सामा चक्कु देखाएर महिलाले घाटीमा लगाएको मगंलशुत्र र पर्स आईतबार साझँ ४ बजेतिर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाट गर्ने स्थानीय भएकै कारण महिलाले त्काल बामी प्रहरीलाई खवर गरेकी थिईन । प्रहरीको टोलीले लुटपाट गर्ने २ दाजुभाइलाई घरबाटै चक्कु सहित प्रक्राउ गरेको थियो । लुटपाट गर्ने केसीहरु अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेका छन । उनीहरुले लुटपाट गरेर गल्ती गरेको प्रहरी समक्ष स्वीकार गरेको् निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग