Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले दुई घर वगायो, आधा दर्जन वढी घर उच्च जोखिममा

Published on 2:00:00 AM //

पि.एम.मगर
गुल्मी, असार २७ । अविरल वर्षासंगै गएको पहिरोले गुल्मी जिल्लाका विभिन्न क्षेत्रमा घरहरु वगाउनुका साथै ठुलो क्षति पु¥याएको छ । अविरल वर्षासँगै गएको पहिरोले विरवास गाविसमा एक घर वगाएको छ । विरवास गाविस वार्ड नं. ७, मिसुगा निवासी दुर्गावहादुर पुनको टीनले छाएको २ तले घर पहिरोले वगाएको हो । घरमा कोही पनि नभएको वखत पहिरोले घर वगाएको स्थानीयवासीले वताएका छन् । घरमाथिवाट गएको पहिरोले पुनको घर वगाएर केही तल पु¥याएको छ ।

सो घरभित्र रहेका सामाग्रीहरु स्थानीयवासीले निकालेका छन् । पहिरोले घर वगाउँदा ६ लाख भन्दा वढीको क्षति भएको वताईएको छ । त्यस्तै रुरु गाविस वार्ड नं. ४ मा पनि ४ घर परिवार विस्थापित भएका छन् । पहिरोले मोहन विश्वकर्माको खरले छाएको २ तले कच्ची घर पुरिदिएको छ । सोही स्थानका टोपवहादुर विश्वकर्मा र सरेश लामाको पनि घर मुनीवाट पहिरो खसेपछि ती घर उच्च जोखिममा रहेका छन् भने दलवहादुर विकको घर पनि जोखिममा रहेको छ ।

अहिले उनीहरु घर छाड्न वाध्य भएका छन् । इलाका प्रहरी कार्यालय रिडीको टोलीले त्यस क्षेत्रको अवलोकन गरेको र घरहरु उच्च जोखिममा रहेका कारण उनीहरुलाई घरमा नवस्न आग्रह गरेको थियो । अहिले विस्थापित परिवारलाई सुरक्षित स्थानमा सामुहिक वासस्थानको व्यवस्था मिलाएको छ । विस्थापित परिवारहरुको आर्थिक अवस्था निक्कै कमजोर रहेको स्थानीय समाजसेवी फर्सुराम पौडेलले वताउनुभयो ।

सोही गाविसको वार्ड नं. ३ मा रहेको कालीगण्डकी प्राथमिक विद्यालयको भवन पनि पहिरोले पुरिदिएको छ । त्यस्तै गुल्मीकै वम्घा गाविसमा पनि एक घर पहिरोको उच्च जोखिममा रहेको छ । वम्घा गाविस वार्ड नं. ३ निवासी भिमलाल भण्डारीको टीनले छाएको तीन तले घर पहिरोको जोखिममा परेको हो ।

घरदेखि करिव ३० मिटर माथिवाट झरेको पहिरोका कारण घर जोखिममा परेको हो । सोही पहिरोले गुणनीधि भण्डारीको घर पनि उच्च जोखिममा रहेको छ । त्यस्तै सदरमुकाम तमघासको अर्घाखाँची जिपपार्क नजिकै पहिरो खस्दा सदरमुकाम तमघासदेखि अर्घाखाँची जाने मोटरवाटो केही समय अवरुद्ध वनेको थियो ।

सोही पहिरोले एक घरमा समेत सामान्य असर पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा अवरुद्ध मोटरवाटो खुलाउनुका साथै सो घरमा थुप्रिएको माटो हटाएको थियो । तमघासकै वाघमारे, सुकुम्वासी स्थान लगायतका क्षेत्रमा खसेको पहिरो पनि सोही टोलीले हटाएको छ । त्यस्तै नयाँगाउँ ४ मा ५ व्याक्तिको घर पनि पहिरोको जोखिममा रहेको छ ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग