Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यस वर्ष १८ जना एच.आई.भी. संक्रमित फेला

Published on 1:58:00 AM //

चन्द्रकान्त खनाल
गुल्मी जिल्लामा यस वर्ष १८ जनामा एच.आई.भी संक्रमणित फेला परेका छन् । जिल्ला अस्पताल तम्घास र राष्टिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मीले जिल्लाभर गरेको परीक्षमा यस वर्ष १८ जना एच.आई.भी. संक्रमित फेला परेका हुन् ।

जिल्ला अस्पताल तम्घास र राष्टिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मीले २ हजार ९ सय १९ जनामा गरेको एच.आई.भी. परीक्षणबाट यस वर्ष १८ जना एच.आई.भी.एड्स फेला परेको जिल्ला एड्स समन्वय समिति गुल्मीले जानकारी दिएको छ ।

जिल्ला अस्पताल तम्घासले ९९ जनामा गरेको परीक्षणमा ७ जनामा एच.आई.भी.पोजेटिभ भेटिएको र राष्टिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल गुल्मीले २ हजार ८ सय २० जनामा गरेको एच.आई.भी.परीक्षणमा ११ जना एच.आई.भी.पोजेटिभ भेटिएको थिए ।

परीक्षण गरिएकामध्ये ९ जना पुरुष र ९ जना महिला गरी १८ जनामा एच.आई.भी. संक्रमण पाइएको छ जिल्ला एड्स समन्वय समिति गुल्मीका संयोजक प्रतीक खनालले जानकारी दिए ।

जिल्ला एड्स समन्वय समितिमा प्राप्त जानकारीअनुसार गुल्मी जिल्लामा २०७० जेठ मसान्तसम्म कुल १ सय ७९ जनामा एच.आई.भी. संक्रमण भेटिएको छ ।

अहिलेसम्म जिल्लामा ११ जनाको एड्सबाट मृत्यु भइसकेको छ भने एच.आई.भी. संक्रमिण मध्ये १७ जना बालबालिका रहेका छन् ।

गत वर्ष जिल्लामा संक्रमीतहरुको संख्या १ सय ५६ रहेको थियो । परीक्षण गराएका मध्ये अधिकांश संक्रमितहरु २५ देखि ४० वर्षका रहेका छन् ।

समितिका अनुसार १ सय ७९ जना संक्रमित मध्ये जिल्ला अस्पतालबाट ६२ जनाले ए.आर.टी. सेवा लिएका छन् भने ५२ जना हाल उपचारमा रहेका छन् ।

यो आर्थिक वर्षमा थप १४ जना सेबाग्राहि तम्घास अस्पतालमा अन्य अस्पतालबाट सेवा लिइरहेको समितिले जनाएको छ ।

जिल्लामा विभिन्न परीक्षण र तथ्याङक संकलनका आधारमा अस्लेवा, हस्तीचौर, अर्खले, जुनिया, जोहाङग, नयाँ गाउँ, वामी र वीरबास गाविसलाई उच्च जोखिमा राखिएको छ ।

एक गाविसमा ५ जनासम्म संक्रमीत फेला परेपछि ती गाविसलाई उच्च जोखिममा राखिएको छ नार्डेक नेपाल गुल्मीका अध्यक्ष कुवँरले बताए । जिल्लामा सबैभन्दा बढी एच.आइ.भी संक्रमितहरु अस्लेवा गाविसमा रहेका छन् ।

उक्त गाविसमा १४ जना एच.आइ.भी संक्रमित छन् भने दोश्रो हस्तिचौर गाविस रहेको छ । हस्तीचौरमा १२ जना एच.आइ.भी. संक्रमित रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग