Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: दुई दशकदेखी एक्लै ओडारमा बस्ने महिलाको दर्दनाक ब्यथा

Published on 2:32:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यसपालिको ओझेलको खबरमा बिगत २२ बर्ष देखी ओडारमा बस्दै आएकी एक महिला र उनको सानो छोराको दर्दनाक र अत्यास लाग्दो जीवन गुजारा सम्बन्धी खोजमुलक स्थलगत रिपोर्ट प्रस्तुत हुनेछ । नाम के हो ? थाहा छैन । उमेर कती भयो? थाहा छैन । घर कहाँ हो? थाहा छैन । श्रीमान को हो? थाहा छैन । जात/थर के हो? थाहा छैन । किन ओडारमा बसेको? थाहा छैन । दर्दानाक पिडा छ ति महिलाको, सानो छोरा केही स्थानियहरुको सहयोगमा भर्खर स्कुल जान थालेको छ । मेहनत गरेर पढेर ठुलो मान्छे बन्ने हो, डाक्टर बन्ने हो भन्छन ति बालक । तर बिडम्बना त्यो अबोध बालकलाई हौसला, प्रेरणा र सहयोगरुपी दरिलो हातहरुको अभाव छ । सुनौँ यसपालिको अङ्क: 

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग