Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ने.वि.संघ गुल्मीले दुई वटै क्षेत्रमा आज अधिबेशन गर्दै

Published on 1:48:00 PM //

प्रेम सुनार
भदौ ११, गुल्मी । नेपाली कांग्रेस गुल्मीको विध्यार्थी संगठन नेपाल विद्यार्थी संघले जिल्लाका दुई वटै क्षेत्रमा आज एकै साथ अधिवेशन गर्दैछ । १ नम्वर क्षेत्रको क्षेत्रिय अधिबेशन भदौ ै८ गते सकेको ने. वि.संघले आज क्षेत्र नम्वर २ को सदरमुकाम तम्घास र क्षेत्र नम्वर ३ को धनार्जेमा गर्न लागेको हो ।
  अधिेबेशनलाई सम्वोधन गर्न नेताहरु सदरमुकाम आई सकेको र अव केहि बेरपछि दुवै क्षेत्रमा एकै साथ सुरु हुने ने.वि. संघ गुल्मीका अध्यक्ष कृष्ण अर्यालले जानकारी दिए । क्षेत्र नम्वर २ को अधिवेशन उद्घाटन कुन कुन नेताहरुले गर्ने भन्ने बारे केहि बेरपछि जानकारी दिने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी वेदबहादुर थापाले बताए ।
  उनका अनुसरा ३ नम्वर क्षेत्रिय अधिवेशन उद्घाटनका लागि पुर्व सांसद रुद्रमणी शर्मा भणडारी, ने.वि.संघ सह महामन्त्री विष्णु पन्थी, त्रि.वि सह सचिव रविन्द्र घिमिरे,वुटवल बहुमुखी क्याम्सका सभापति लोकप्रसाद खरेल लगायतका नेताहरु पुग्ने छन् ।
  २ नम्वर क्षेत्रिय अधिबेशन नेत्र पाण्डेको संयोजकत्वमा र ३ नम्वर क्षत्रियअधिवेशन निर्मला पन्थीको संयोजकत्वमा हुँदै छ । १ नम्वर क्षेत्रमा पोषकान्त न्यौपानेको नेतृत्वमा क्षेत्रिय समिति गठन भई सकेको छ । ने.वि संघ  गुल्मी जिल्ला अधिबेशान भोली देखि सदरमुकाममा सुरु हुँदै छ । सात वर्षपछि  हुन गई रहेको अधिबेशन र महाधिवेशनलाई महत्वका साथा लिदै विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग