Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हस्तीचौरमा काँग्रेसको अन्तरकृया

Published on 6:16:00 PM //

पि.एम.मगर,
गुल्मी, भदौ ९ गते ।  नेपाली काँग्रेस, हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आगामी संविधानसभाको निर्वाचनमा पार्टीको भुमिकाका विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्तरकृया कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिति नेपाली काँग्रेसका पुर्व संसद रुद्रमणी शर्मा भण्डारीले मुलुकलाई अवको आवश्यकता नेपाली काँग्रेसको रहेको जनताले राम्रोसँग बुझेको बताउँदै अवको निर्वाचनमा काँग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो । उहाँले चुनावको रणनीतिलाई महत्व दिई गाउँ स्तरवाट सवै जना एक भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । सोही अवसरमा पार्टीका जिल्ला सदस्य हरि खत्री, क्षेत्रीय सभापति दामोदर भुसाल, तरुण दल सदस्य चुरा खत्री लगायतले पार्टीको रणनीतिका विषयमा मन्तव्य राख्नुभएको थियो । पार्टीका गाउँ समिति सभापति शेरबहादुर कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का शेरबहादुर कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पदम जिसीले गर्नुभएको थियो । सोही अवसरमा दोहोली गाविस वार्ड नं. २ वाट नेकपा एमाले परित्याग गरी  सागर गुरुङ्गको नेतृत्वमा ७ जना युवा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेको समितिले जनाएको छ । नवप्रवेशीलाई प्रमुख अतिति पुर्व संसद भण्डारी लगायतका अतिथिहरुले अविर लगाएर पार्टी प्रवेश गराउँदै जझारु भएर लाग्नु आग्रह समेत गर्नुभएको थियो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग