Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेविसंघको क्षेत्रीय अधिवेशन जोहाङ्गमा

Published on 6:14:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ९  । नेपाल विद्यार्थी संघ, क्षेत्र नं. १ गुल्मीको ११ औँ क्षेत्रीय अधिवेशन जोहाङ्ग ५ खैरेनीमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै पार्टीका विद्यार्थी विभाग प्रमुख काँग्रेस नेता श्रीप्रसाद भलामीले नेपालमा दिगो शान्ति र स्थायित्व नेपाली काँग्रेसको नेतृत्व विना सम्भव नरहेको बताउनुभयो ।
द्धन्दकालमा माओवादीले त्रास सृजना गरेर जनवादी शिक्षाको नारा दिएपनि अहिले आएर उनीहरुले बुर्जुवा शिक्षा भन्ने गरेको शिक्षालाई नै सबल शिक्षाको रुपमा लिन थालेको बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कृष्ण अर्यालले जनता मारेर क्रान्तिकारी हृुन नसक्ने बताउँदै विचारवाट आएको क्रान्ति मात्र सफल हुने बताउनुभयो । माओवादीको त्रासका कारण पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले पराजय भोग्नु परेको बताउँदै नेपाली काँग्रस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले अहिले काँग्रेसमा जनताको विश्वास रहेको र अवको संविधानमा नेपाली काँग्रेसको विजय सुनिश्चित रहेको बताउनुभयो । सोही अवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य हरिप्रसाद भण्डारी, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष निरोज मरासिनी, सचिव पुर्ण के.सी. सहसचिव सुदर्शन खनाल, शिक्षक कृष्णप्रसाद भण्डारी लगायतले नेपाल विद्यार्थी संघको बर्तमान अवस्था र संघको आवश्यकता विषयमा चर्चा गर्नुभएको थियो । क्षेत्र नं. १ का संयोजक पोषकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महराज गौतमको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सन्तोष गौतमले गर्नुभएको थियो । कार्यक्रममा काँग्रेसका नेता कार्यकर्ता, नेपाल महिला संघका कार्यकताहरु, स्थानीय समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो । अधिवेशनले पोषकान्त न्यौपानेको सभापतित्वमा ९ सदस्यीय नेपाल विद्यार्थी संघको क्षेत्रीय समिति निर्वाचित गरेको छ । सोही समितिको सचिवमा नरेश गौतम, सदस्यमा तुलसीराम खराल, केशव गौतम, मधु ज्ञवाली, अमृत पाण्डे, गंगा वुढाथोकी, पवित्रा थापा र मदन पाण्डे रहनुभएको छ । त्यस्तै २५ सदस्यीय जिल्ला प्रतिनिधीको समेत निर्वाचित गरेको छ ।    

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग