Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाश जलाउने खर्च नहुँदा चन्दा उठाएर जलाईयो

Published on 6:07:00 PM //

संगिता कुवँर 
भाद्र १३, गुल्मी । लाश जलाउने खर्च नभएर रीडिघाटमा अलपत्र परेका बाग्लुङ्ग जलजलाका पदमबहादुर थापाका वाजे भिमबहादुर थापाको शव मलामीहरुले दिएको चन्दाले जलेको छ । बाग्लुङबाट उपचारको लागि पाल्पा जाँदै गर्दा भिमबहादुरको वुधबार बाटैमा ज्यान गएपछि भिमबहादुरका नाती पदमबहादुर रीडिघाटमा अलपत्र परेका थिए । गरिव परिवारका उनीहरु पाल्पामा रहेका आफन्तसंगबाट ऋण काढेर उपचार गर्ने योजना सहित घरबाट हिँडेका भएपनि भिमबहादुरको वाटैमा ज्यान गएपछि जलाउने पैसा नभएर आफू रीडिमा अलपत्र  परेको बताउनुभयो ।

कांग्रेस नेता हरी न्यौपानेको निधनमा रीडि गएका नेता तथा सर्वसाधारणबाट संकलन गरिएको चन्दाले भिमबहादुरको शव जलाईएको युवा संघ गुल्मीका उपाध्यक्ष मोहन प्रसाद पाण्डेले बताउनुभयो । युवाहरुको सक्रियतामा रीडिमा उठाईएको चन्दाले शव जलाईएको उहाँले बताउनुभयो । घरबाट अन्य आफन्त आउनको लागि ३÷४ दिन लाग्ने तर शव जलाउनको लागि दाउरा किन्ने पैसा नहुँदा उनीहरु बटैमा अलपत्र परेको उहाँले बताउनुभयो । पाण्डे सहित तरुण दल रीडिका संयोजक राजेन्द्र राणा, युवासंघ रिडिका सदस्य शैलेन्द्र दर्लामी, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, उपाध्यक्ष नवराज भुसाल, पत्रकार तेजेन्द्र श्रेष्ठ, सुनचाँदी ब्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण वराल, प्रेस चौतारी गुल्मीका सचिव शिव सुवेदी, युवा संघ अञ्चल सदस्य मनोज काउछा, सुनचाँदी ब्यवसायिसंघका सदस्य राजेश वराल र अजय वराल, युवाहरु मनोज काउछा ओशन काउछा, नेत्र पाण्ड सहितको टोलीले उनको शव जलाउनको लागि रीडिघाटमा १० हजार ९ सय ४५ चन्दा संकल गरेको थियो । दाउरा किनेर बाँकी रहेको पैसा नेपाली कांग्रेस गुल्मीका सभापति चन्द्र केसी र एमाले अध्यक्ष टोमलाल पाण्डेले भिमबहादुरका नातीलाई हस्तान्त्रण गर्नुभएको प्रेस चौतारी गुल्मीका अध्यक्ष शिव सुवेदीले जानकारी दिनुभयो ।  लामो समय देखि छातीको रोगबाट पीडित भिमबहादुरको बाटैमा ज्यान गएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग