Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तातो पानीमा परी ३ वालवालिका घाईते

Published on 9:03:00 PM //

पि.एम.मगर
गुल्मी, साउन २८ गते । उम्लिएको पानीमा परि गुल्मीको विरवास गाविसमा ३ जना वालबालिका घाईते भएका छन् । एक जनाको अवस्था गम्भिर रहेको छ । उम्लिएको पानीमा परि विरवास गाविस वार्ड नं. ८ निवासी रनवहादुर पुनका ३ वर्षीय छोरा विपिन पुन, ६ वर्षया छोरी आशिका पुन र सोही स्थानकै शक्ति वलालकी ८ वर्षीया छोरी अंकिता वलाल घाईते भएका हुन् । घाईते मध्ये विपिनको अवस्था गम्भिर रहेको र उनको थप उपचारका लागि पाल्पा लगिएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भएको छ । रनवहादुर पुनको फ्रेस हाउसमा मासु वनाउनका लागि तताईएको पानीमा परि उनीहरु घाईते बनेका हुन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग