Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध मोवाईल सेवा सुचारु

Published on 9:04:00 PM //

पि.एम.मगर
गुल्मी, साउन २८ गते । गत पाँच दिनदेखि अवरुद्ध वनेको गुल्मी वामी लगायतका क्षेत्रको मोवाईल सेवा सञ्चालनमा आएको छ । वामी गाविस स्थित स्मालिथानमा रहेको नेपाल टेलिकमको नमस्ते मोवाईल सेवामा आएको समस्या समाधानपछि सेवा सञ्चालनमा आएको हो ।
सोलार व्याट्री चार्ज हुन नसकेको र वामीको विद्युतमा कम भोल्टेज भएका कारण व्याट्री चार्ज हुन नसक्दा सेवा अवरुद्ध भएको थियो । सेवा सुचारु भएपछि जिल्लाको वामी, कुर्घा, मुसिकोट, वडागाउँ, अर्लाङ्गकोट, पौँदीअमराई सहित वाग्लुङ्गको ग्वालीचौर, दगातुन्डाँडा, सिसाखानी, रिघा, जलजला लगायतका सेवाग्राहीहरु हर्षित वनेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग