Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक सामग्री खरिद गर्न विद्यालयलाई सहयोग

Published on 2:11:00 AM //

नरेश भण्डारी
गुल्मी, असौज ३ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीद्वारा उपल्लो तम्घास माविलाई ०७० असौज ३ गते मल्टिमिडिया खरिद गर्नको लागि २० हजार बरावरको चेक हस्तान्तरण भएको छ ।
विद्यालयमा शैक्षिक सामग्रीको प्रवन्ध गर्ने उद्देश्यले बालअधिकार चेतना समूहबाट माग भएको आधारमा इन्सेकका जिल्ला संयोजक यज्ञप्रसाद भुसालले चेक हस्तान्तरण गरे । एक कार्यक्रमका विच बालअधिकार चेतना समूहका अध्यक्ष बबिता न्यौपाने र सहायक प्रअ रामबहादुर बस्नेत संयुक्त रुपमा चेक ग्रहण गर्दै इन्सेकले गरेको सहयोगमा विद्यालयले रकम थपि मल्टिमिडिया खरिद गर्ने बताए । उनीहरुले इन्सेकको सहयोगले समय सुहाउँदो प्रविधि प्रयोग गरी शिक्षण शिकाई कृयाकलाप गर्न उपयोगी हुने धारणा राखे ।
इन्सेक गुल्मीद्वारा उपल्लो तम्घास माविलाई मल्टिमिडिया खरिद गर्नको लागि हस्तान्तरण गरिएको २० हजार
 बरावरको चेक ग्रहण गदै बालअधिकार चेतना समूहका अध्यक्ष र सहायक प्रअ ।
फोटो: नरेश भण्डारी

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग