Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अघिल्लो चुनावकै ऋण तिर्न बाँकी, फेरी ऋण थप्दै कार्यकर्ता

Published on 2:21:00 AM //

प्रेम सुनार
असौज ३, गुल्मी । अघिल्लो संविधानसभा चुनावमा कार्यकर्ता परिचालन गर्दा लागेको ऋण कैयौं गाविसमा कतिपय राजनैतिक दलका नेताहरुले अझै नतिरेको गुनासो आईरहेको बेला आगामी संविधानसभा चुनावमा उमेदवार बन्ने नेताहरुलाई पैसा हलाउनका फेरी कार्यर्ताहरुले ऋण थपेर बस्न थालेका छन् ।
कसैले मोटरबाटो, कसैले बिद्यालय त कसैले पार्टी कार्यालय स्थापना गर्नका लागि भन्दै आगामी उम्मेदवारलाई ऋण लगाई दिने गरेका हुन् । क्षेत्र नम्वर २ अन्तर्गत मुसिकोट, वडागाउँ र हस्तीचौरमा एकिकृत नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताहरुले विद्यालय र मोटरबाटोहरुमा उम्मेदवारहरुका लागि थुप्रै ऋणको भारी बनाई दिएर राखेको बताईन्छ भने क्षेत्र नम्वर ३ को अर्जैतिर  नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफ्नै पार्टी कार्यालय स्थापनाका लागि आगामी उम्मेदवारलाई ऋण लगाई दिएर बसेको बताएका छन् ।
नेपाली कांग्रेस अर्जे गाउँ समितिका सभापति दिपक भण्डारी भन्छन्–‘हामीले त क्षेत्र नम्वर ३ का आगामी उम्मेदवारलाई तिराउने गरी पार्टीको कार्यालय स्थापनाका लागि दुई लाख ऋणमा घडेरी किन्यौ अँस्ती ।’ उनले थपे–‘सधै कार्यकर्ताको घरमा कार्यालय, त्यो परिवारलाई सधै चिया पकाउनको हैरान, त्यही भएर गाउँ कार्य समितिको कार्यालय स्थापना गर्नका लागि घडेरी किनेका हौं, अगामी उम्मेदवारहरुले नतिरे कसले तिर्छ त ?’ नेपाली कांग्रेस जिल्ला पार्टी बाहेक क्षेत्रिय कमिटी र अन्य गउँ कमिटीले अहिले सम्म आफ्नै भवनमा कार्यालय खोल्ने आँट नगरी रहेको अवस्थामा चुनावी उम्मेदवारहरुलाई च्याप्प समाउन पाउने बेला आएपछि नेपाली कांग्रेस अर्जैले भने यस्तो आँट गरेको छ ।
उता अघिल्लो चुनावमा विभिन्न पार्टीले गाउँका दोकानहरुमा उधारो राशन लिएर कार्यकर्ताहरुलाई परेड खेलाएको ऋण कैयौ ठाउँमा तिर्न बाँकी रहेको दोकानदारहरुले गुनासो गरेका छन् । थाह छैन आगामी चुनावका लागि लगाएर बसीएको यस्तो ऋण पनि अझ  कति  पटकका श्रीपञ्चमी कुर्न पर्ने हो  ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग