Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

थ्रीस्टार एफसी बाल्कनसँग ६-०ले पराजित (खेलको पुरै भिडियो सहित)

Published on 3:54:00 AM //

मलेसियामा जारी एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको फाइनल चरणको पहिलो खेलमा नेपालको प्रतिनिधित्व गरेको लिग च्याम्पियन थ्रि-स्टार क्लब र तुर्किमेनिस्तानको एफसी बाल्कनसँग ६-०को भारी गोल अन्तरमा पराजित भएको छ ।
प्रतियोगितामा उच्च मनोबलका साथ उपाधि जित्ने लक्ष्यका साथ मलेसिया गएको थ्रिस्टार क्लबले पहिलो खेलमै नमिठो पराजय भोगेको छ । सोमबार भएको पहिलो खेलमा मध्यान्तरअघि सम्म २-० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा थप ४ गोल खाँदै ६-०ले नतिजा सुम्पिएको हो ।

थ्रिस्टारले अब दोस्रो खेलमा मंगोलियाको इर्चिम एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेलबाट समूह विजेता बन्ने टोलीले अर्को समूहको विजेतासँग उपाधिका लागि फाइनलमा ठाउँ पक्का गर्नेछ ।
प्रेसिडेन्ट्स कपमा दोस्रो पटक सहभागि थ्रीस्टार क्लवमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ । यसअघि सन् २००५ मा काठमाडौंमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा थ्रीस्टारले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
समूह ‘बी’मा प्यालेस्टाईनको अल्कुद हिलाल, किर्गिस्तानको डोर्डाइ डाइनामो र पाकिस्तानको केएलआर फुटबल क्लव रहेका छन् ।
खेलको पुरा भिडियो हेर्नुहोस्:



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग