Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीद्धारा सुरक्षा सर्तकता अपनाउन आग्रह

Published on 11:19:00 AM //

शिबलाल सुबेदी
गुल्मी १० असोज । चाडपर्वहरुको समयमा बिभिन्न अपराधिक क्रियाकलापहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यलय गुल्मीले सुरक्षा सर्तकता अपनाउन जिल्लावासीहरुलाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यलयले सार्वजनिक सुचना मार्फत जिल्लावासीहरुलाई सुरक्षा सर्तकता अपनाउन अनुरोध गरेको हो । चाडपर्वको समयमा गाउँघरमा कोही नचिनेको ब्यक्ति आएमा वा शकां लागेमा तुरुन्त प्रहरीलाई खवर गर्न तथा अखाद्य बस्तुहरु बिक्रि बितरण नगर्न, घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नर्गन समेत अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यलय गुल्मी गुल्मेली जनताहरुका लागि जतिबेला पनि सुरक्षा प्रदान गर्न तयार रहेकाले जुनसुकै बेला पनि असुरक्षाको महसुस भएमा प्रहरीलाई खवर गर्न अनुरोध गर्नुभएको छ । साथै प्रहरीले हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना समेत दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग