Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका पत्रकारहरुको लागि प्रदान गरिएको निर्वाचन सम्बन्धि तालीम सम्पन्न

Published on 7:28:00 PM //

संगिता कुवँर 
गुल्मी, असोज १० । जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रशिक्षण दिएको छ । मंसिर ४ को दोस्रो संविधानसभा निर्वाचनलाई लक्षित गरी कार्यालयले प्रशिक्षण दिएको हो । संविधानसभा निर्वाचन सम्वन्धि समाचार लेख्दा ध्यान पुयाउनुपर्ने कुरा लगायत निर्वाचनसँग जोडिएका अन्य विषयमा प्रशिक्षण दिईएको थियो ।

हिजो देखि शुरु भएको दुईदिने प्रशिक्षण आज सकिएको छ । प्रशिक्षणको समापन गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सञ्चारकर्मी लगायतका सवै सरोकारवालाको महत्वपुर्ण भुमिका हुनेमा जोड दिनुभयो । उहाँले निर्वाचन सम्वन्धि समाचार संकलन गर्दा सत्य र तत्थ्यलाई ध्यान दिँदै गलत सूचना फैलिनवाट रोक्नुपर्ने वताउनुभयो ।

प्रशिक्षणमा जिल्ला निर्वाचन अधिकारी डिल्लीराज वेल्वासे, प्रमुख प्रशिक्षक बामदेब ज्ञवाली, नरेश भण्डारी, जनार्दन घिमिरे, निर्वाचन कार्यालयका शाखा अधिकृत गणेशवहादुर खत्री, सूचना अधिकृत लक्ष्मण पाण्डेय लगायतले निर्वाचनसँग सम्वन्धित विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा ३० जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग