Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अगष्ट महिनामा अर्यालको रिपोर्ट उत्कृष्ट

Published on 5:52:00 PM //

महेन्द्र भण्डारी
गुल्मी । सामुदायिक सूचना नेटवर्क सीआईएनमा गएको अगष्ट महिनामा प्रसारित रिपोर्टहरूमध्ये रेडियो स्काई गुल्मीका टोपलाल अर्यालको रिपोर्ट उत्कृष्ट भएको छ । अर्यालको बैदेशिक रोजगारका लागि युवाहरू बिदेसिएपछि गुल्मीका वृद्धवृद्धाहरु समस्यामा विषयको रिपोर्ट उत्कृष्ट भएको हो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले हरेक अङ्ग्रेजी महिनामा प्रसारित सामाजिक उत्तरदायित्व, सुशासनसम्बन्धी रिपोर्टमध्ये एकजना उत्कृष्ट रिपोर्टरलाई पुरस्कार प्रदान गर्दै आएको छ । अर्यालले पुरस्कार स्वरुप जुमको रेकर्डर पाउनुहुनेछ । बिगत ५ बर्षदेखि पत्रकारिता पेसा अगाल्नु भएका अर्यालले रेडियो रिर्पोटको क्षेत्रमा धेरै कलम चलाउँदै आउनु भएको छ । सामुदायिक रेडियो स्काई ९०.४ मेगाहर्जको समाचार सम्पादकको रुपमा अर्यालले कार्य गरिरहनु भएको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग