Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरकमा फेल भएपछि आत्महत्या

Published on 5:51:00 PM //

प्रेम सुनार
भदौ २५, गुल्मी ।  छिमेकी जिल्ला वाग्लुङ्गकी एक युवती एसएलसी पुरक परिक्षमा अनुतिर्ण फेल भएपछि गए राती आफ्नै कोठामा झुण्डीएर आत्मा हत्या गरेकी छन् । गल्कोट उच्च माध्यामिक विद्यालयकी छात्रा गल्कोट ४ स्याँहाल निवासी २० वर्षिया मञ्जु पन्तले आफ्नै कोठामा सलको पासो लगाएर आत्मा हत्या गरेकी हुन् ।
टोल टोलमा तिज गीतको रौनक जमिरहेको बेला उनलाई आफ्नै कोठामा झुण्डीएको अवस्थामा परिवारले साँझ सात वजेतिर भेटेर जानकारी दिएको बाग्लुङ्ग प्रहरीले बताएको छ । गत चैत्र महिनामा भएको एसएलसी परिक्षामा पन्तले  गणित र विज्ञान विषयमा अनुर्तिण  भएपछि पुरक परिक्षा दिएकी थिईन । शव पोष्ट मार्टमका लागि वाग्लुङ्ग सदरमुकाम तफै लैजाने तयारी भएको बताईएको छ ।  उनको मृत्युले  तिजको उल्लासमा  झुमेकी गल्कोटका चेलीहरु शोकमा डुवेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग