Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

थुम्सी जंगलमा खोला छेउको झाडीमा एक वेवारिशे शव फेला

Published on 6:57:00 AM //

कृष्ण बिसी
नवलपरासी, भदौ २० । नवलपरासीको गैँडाकोट ९ थुम्सीमा बिहीवार एक वेवारिशे शव फेला परेको छ । थुम्सि जंगल चिसापानी खोलाको किनारमा झाडीमा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शव पुर्व पश्चिम राजमार्ग देखी करीब ३ सय मिटर भित्र उत्तरतर्फ जंगलमा खोलाको छेउमा झाडीमा भेटिएको ईलाका प्रहरी कार्यालय गैँडाकोका प्रहरी निरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । २ दिन अघि मृत्यु भएको जस्तो देखीने शबको हत्या आंशका गर्ने कुनै आधार नभेटीएको प्रहरी भनाई छ । ७०–७२ वर्षको जस्तो देखीने शवको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार घटनाको अनुसन्धन भैरहेको छ । शवलाई पोष्टमार्टमका लागी भरतपुर अस्पताल लैजाने तयारी भैरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग