Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हस्तिचौर, घमिर र दिगाममा तीज गीत प्रतियोगिता सम्पन्न

Published on 9:01:00 PM //

संगिता कुवँर
भाद्र २१, गुल्मी । गुल्मीका हस्तिचौर, घमिर र दिगाममा छुट्टाछुट्टै प्रतियोगितात्मक तीज कार्यक्रम सम्पन्न भएका छन । हिमालय उच्च माध्यमिक विद्यालय हस्तिचौर गुल्मीमा गाविस स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा देविस्थान महिला बचत तथा ऋण समुह हस्तिचौर प्रथम भएको छ । त्यस्तै जनज्योती युवा क्लव द्वितिय, पालुखा माध्यमिक विद्यालय तृतीय, दिपज्याती आमा समुह र जनज्योती निम्न माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बैकुण्ठ कुँवरको अध्यक्षता रहेको कार्यक्रममा वडागाउँ स्रोत केन्द्रका स्रोत ब्यक्ति विन बहादुर गौतमको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस हस्तिचौर गाउँ समिति सभापती शेरबहादुर कुँवर, पूर्व गाविस सचिव कृष्ण बहादुर रायमाझि र  शिक्षक अबिभावक संघका अध्यक्ष श्याम कुमार विकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम शिक्षक टिका कुँवरको स्वागत मन्तब्य तथा शेरबहादुर कुँवरको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै मैदानचोक प्रावि घमिरमा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भृकुटि सदन प्रथम भएको छ । त्यस्तै जनक सदन द्वितिय, सीता सदन तृतीय भएका छन् । कार्यक्रम विद्यालयका प्रधानाध्यापक दुर्गा लम्सालको सभापतित्व र शिक्षक वलबहादुर लम्सालको संचालनमा सम्पन्न भएको त्यहाँबाट राजन खत्रीले जानकारी दिनुभएको छ ।  यसैविच लोटस बोर्डिङ स्कूल दिगाममा पनि तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा एस सदन प्रथम भएको छ । त्यस्तै एल सदन द्वितिय, बी सदन तृतीय र ई सदन शान्तवना भएको त्यहाँबाट अमर पन्थले जानकारी दिनुभएको छ । सोहि अवसरमा राम्रो नृत्य प्रदर्शन गर्ने विद्यार्थी तथा अनुशासित समुहलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग