Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उम्मेदवार सिफारिसमा परेका अधिकाशं नेता केन्द्रतिर

Published on 4:46:00 PM //

शिबलाल सुबेदी
गुल्मी, भदौ २९ । आगामी सबिधानसभा निवार्चनका लागि जिल्लाबाट सिफारिसमा परेका अधिकाशं नेताहरु काठमाडौतिर पुगेका छन् । निवार्चन क्षेत्रबाट जिल्ला र जिल्लाबाट केन्द्रमा नामहरु सिफारिस गरिसकेपछि नेताहरु काठमाडौँ तिर हान्निएका हुन । जिल्लाका नेताहरु काठमाडौ लागेपछि जिल्ला पार्टी कार्यलयहरु पनि सुनसान हुन थालेका छन ।
कोही नेताहरु काठमाडौ पुगेर फकिसकेका छन भने कोही जाँदै छन । नेकपा एमालेका नेताहरु भने केन्द्रमै बस्ने भएपनि नाम सिफारिस पछि पनि जिल्ला आएका छैनन । त्यस्तै नेपाली काँग्रेसबाट सिफारिसमा परेका अधिकाशं नेताहरु अहिले काठमाडौँमै रहेका छन । उनीहरुले आफुलाई उम्मेदवार बनाउनका लागि केन्द्रमा केन्द्रिय नेताहरुको कहाँ पुगेका छन । एकीकृत नेकपा माओवादीबाट जिल्लाका तीनबटै निर्वाचन क्षेत्रबाट सिफारिसमा नाम परेका नेताहरु काठमाडौ पुगेर जिल्ला फर्केर चुनावी अभियान शुरु गर्न थालेका छन ।
केन्द्रमा पुगेका नेताहरुले आफ्नो पक्षमा सहमती जुटाउन तथा माहोल निमार्ण गर्नका लागि कसरतमा जुटेका छन । उनीहरुले टिकट पाउनका लागि आफु निकटका केन्द्रिय शिर्ष नेताहरुलाई हार गुहार गर्न राजधानी पुगेका छन । तीन बटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा नेपाली काँग्रेस गुल्मीले प्रत्यक्षतर्फ २४ जना र समानुपातिक तर्फ २१ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्ये अधिकाशं नेताहरु काठमाडौमा छिरेका छन । क्षेत्रिय समितीका बैठकहरुमा आफ्नो नाम उम्मेदवार सिफारिस गर्न आग्रह गर्दै गाउँसम्म पुगेका नेताहरु क्षेत्र र जिल्लाबाट नाम केन्द्रमा सिफारिस परे लगत्तै केन्द्रै धाउन थालेका हुन ।
क्षेत्र र जिल्लाबाट नाम सिफारिस गर्ने समयमा जिल्ला आएर क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका केन्द्रिय सदस्य चन्द्र भण्डारी केन्द्रिय समितीको बैठक भन्दै काठमाडौ पुगेको काँग्रेस स्रोतले जनाएको छ । त्यस्तै काठमाडौमा बस्दै आएका २ बाटै सिफारिसमा परेका जिल्ला सभापति चन्द्र केसी पनि काठमाडौँ पुगेका छन । उनी पनि पार्टीको बैठक तथा सिफारिस गरिएका नामहरु लिएर केन्द्रिय कार्यलयमा जाने भन्दै काठमाडौँ लागेका हुन । आफ्ना नामहरु केन्द्रमा सिफारिसमा परेपछि टिकटका लागि केन्द्र धाउने यो प्रवृति गलत भएको नेपाली काँग्रेस क्षेत्र नमबर ३ का सभापति दामोदर भुसालले बताए ।
केन्द्रमा धाएर आफ्नो पक्षमा टिकट आउने भए केन्द्रमा १५ जनाभन्दा बढी नेताहरु पुगेका छन, के ती सबैले टिकट लिएर आँउछन त सभापति दामोदर भुसालले भने “त्यस कारण पनि केन्द्रमा धाएर हुदैन, मेरो पनि गुल्मी ३ बाट प्रत्यक्षमा नाम सिफारिसमा परेको छ ।” यस्तो खाले स्टिम नेपाली काँग्रेस मात्र नभएर सबै पाटीहरुको छ, पाटीहरुले केन्द्रिय कार्यलयमा भिड बढाएर राम्रो गरेका छैनन भुसालले बताए । हाम्रो देशमा कस्तो खालको नियम छ जो मान्छे अन्य कुनै बेला जनतासगँ दुःख सुख साटन आउदैन तर चुनावको बेला टिकट पाउनका लागि केन्द्रिय नेताहरुको घरदैलो अभियानमा जुटेका छन यो राम्रो होईन दामोदरले भने तर गाउँमा खटेर काम गर्नेलाई पाटीले टिकट दिनुपर्छ ।
त्यस्तै नेकपा एमाले गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सर्वसम्मत चयन भएका रामनाथ ढकाल, अहिलेसम्म पनि गुल्मी आउने कुनै टुङ्गो नभएको नेकपा एमालेले जनाएको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा प्रदिपकुमार ज्ञवाली, कमल श्रेष्ठ, नर्मदा भण्डारी, क्षेत्र नम्बर ३ का गोकर्ण बिष्ट टोमलाल पाण्डे, ललिता गौतमको नाम केन्द्रमा सिफारिस भएपनि ज्ञवाली र बिष्ट पनि जिल्लामा आएका छैनन । ढकाल, ज्ञवाली र बिष्टको अनुपस्थितीमा क्षेत्रिय कमिटी र जिल्ला कमिटीले उनीहरुको नाम सिफारिस गरेको थियो । जिल्लामा नेकपा एमालेबाट प्रत्यक्षतर्फका ढकाल, ज्ञवाली र बिष्ट काठमाडौमा रहेपनि अन्य प्रत्यक्ष तर्फका नेताहरु भने जिल्लामै रहेका छन । समानुपातिकमा नाम परेका केही नेताहरु केन्द्रमा पुगेका छन । एकीकृत नेकपा माओवादीले तीन क्षेत्रका लागि २५ जनाको नाम सिफारिस गरेको छ । २५ जनामध्ये अधिकाशं नेताहरु काठमाडौ पुगेर जिल्ला फर्केका छन । पार्टीले अव जसलाई जुन क्षेत्रमा टिकट दिएर पठाउँछ, उसैलाई बोकेर क्षेत्र जाने एकीकृत नेकपा माओवादीका नेता बुद्धि जीसीले बताए । उनले भने कसलाई पठाउदाँ जिल्ला जित्न सकिन्छ भन्ने लागेर र कार्यकर्ताहरुको चाहना अनुसार उसैले टिकट पाउँछ ।  हामीले पहिलो चरणको चुनावी अभियान सकेर दोस्रो चरणको चुनावी अभियानका कार्यक्रम बनाएका छौ , त्यही अनुसार मतदाताहरु भेट्ने लगायत अन्य कार्यक्रम रहेका छन त्यही तयारी भैरेहको छ जिसीले बताए । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग