Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविसमा लागेको ताला खुलाउन कसैको पहल भएन

Published on 6:00:00 PM //

कृष्ण बिसी
नवलपरासी । नवलपरासीको माकर गाविसमा बिगत १६ दिनदेखी लागेको ताला खुलाउन अझै कसैको पहल पुग्न सकेको छैन । गाविसको कार्यलय सार्ने बिषयमा बिवाद हुदा स्थानियवासीले लगाएतको ताला आज १६ दिन बित्दा पनि राजनैतिकदलको सर्वदलिय सयन्त्र,  प्रशासन लगाएत सवंधित सरोकारवालाको पहलकदमी हुन नसक्दा ताला खुल्न नसकेको हो ।
त्यस्तै गाविस सार्ने बिषयमा भएको बिवादको समाधानका लागी पनि कहिकतैबाट कुन पहल नभएको स्थानियवासीले गुनासो गरेका छन । यसरी लामो समयसम्म गाविसको कार्यलयमा तालावन्दी हुदा सेवाग्राही अत्यन्तै मर्कामा परेका छन। कार्यलय बन्द हुदा गाविसबाट हुने बिभिन्न कामहरु अतिआवश्यक कामको सिफारिस,नागरिकताको सिफारीस जन्ममृत्यु दर्ता जग्गा समन्धी काम गर्न नपाएको सेवाग्राहीको गुनासो छ । माकर ४ वाढीपिडीतमा सञ्चालन भईरहको गाविसको कार्यलयलाई नवनिर्मित पक्की भवन बर्दघाटमा सार्ने निणर्यको बिषयमा विबाद हुँदा कार्यालयमा स्थानियबासीले अनिश्चितकालिन ताला बन्दी गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग