Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एलडीओद्धारा आफ्ना कर्तुत ढाकछोप गर्न पत्रकारलाई लाखौँ रुपैयाँ वितरण

Published on 2:31:00 AM //

कृष्ण बिसी
नवलपरासी, असोज २३ । भ्रष्ट्राचारको आरोप लागेका जिल्ला विकास समिति नवलपरासीका स्थानिय विकास अधिकारी रामुराज कडरियाले आफ्नो कर्तुत ढाकछोप गर्न आफु निकट रहेका संचारकर्मीलाई बिभिन्न बाहानामा लाखौ रुपैँया बितरण गरेका छन् ।
नवलपुर ट्रयाक्टर समितिले कडरिया बिरुद्ध खोला जन्य प्रदार्थको ठेक्का बन्दोबस्ती गर्दा लाखौ रुपैँया भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेको थियो । स्थानिय बिकास अधिकारी रामुराज कडरियाले आफु बिरुद्ध अख्तियारमा मुद्धा परेको कुरा स्वीकार गरेका छन् । यस अघि उनि गलत समाचार सम्प्रेषण गरेको भन्दै भ्रष्ट्राचार बिरुद्ध कलम चलाउने पत्रकारमाथी खनिएका थिए । जिविस नवलपरासीका एलडिओ रामुराज कडरियाको काम गराई अत्यन्त अपारदर्शी भएका कारण पत्रकारीता क्षेत्र समेत बेला बखत बिवादमा तानिने गरेको छ । सुचनाको हक अनन्तर्गत रहेर कडरियासँग जिबिसको संचारसँग संम्बन्धित खर्च बिवरण माग्ने र सार्वजनिक गर्ने तयारी भैइरहेको शैक्षिक जागरण मासिकका सम्पादक सालिकराम कोइरालाले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग