Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३३ दलिय मोर्चासंग बार्ताको ढोका खुल्ला राख्न ज्ञवालीको आग्रह

Published on 2:41:00 AM //

घनश्याम गौतम
गुल्मी– नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले देशलाई द्वन्द्वको सम्भाब्य अवस्थाबाट जोगाउन बार्ताको ढोका खुल्ला राख्न राजनीतिक संयन्त्र र सरकारसंग आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को चुनावी कार्यक्रमलाई रुरु र बलेटक्सारमा मंगलबार सम्बोधन गर्दै नेता ज्ञवालीले दोस्रो संविधान सभा पनि जनमत संग्रहकै अर्को रुप भएकाले नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चालाई पनि संविधान सभाको निर्वाचनमा सहभागी गराउनु जरुरी रहेको बताए । ‘मुलुक अग्रगामी राष्ट्रको रुपमा परिचित हुने कि असफल राष्ट्रमा जाने, मुलुककोविविधता र राष्ट्रिय एकता कायम रहने कि जातिय विखण्डनमा जाने’, ज्ञवालीले भने, ‘मुलुक समृद्ध दिशामा अगाडी बढ्ने कि, अराजकतामा फस्ने भन्ने छिनोफानो समेत दोस्रो संविधान सभाको निर्वाचनले सुनिश्चितता गर्दै छ ।’ निर्वाचनमा सहभागी गराउन बार्ताको ढोका खुल्ला राख्न समेत उनले सरकार र राजनीतिक संयन्त्रसंग आग्रह गरे ।
संविधान सभाको दोस्रो निर्वाचन भनेकै जनमत संग्रहको अर्को रुप भएकोले त्यसमा सहभागी भएर आफ्ना ऐजेण्डाहरु स्थापित गर्न पनि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बार्ताकै माध्यमबाट निर्वाचनमा सहभागी गराउन राजनीतिक संयन्त्र र सरकारसंग आग्रह गरेका हुन् । उनले मोर्चा निर्वाचनमा नगएपनि उनीहरुका ऐजण्डालाई सम्बोधन गर्न मुलधारका दलहरुसंग आग्रह गरे । ‘मोर्चालाई लोकतान्त्रिक पद्धतीमा राख्न राजनीतिक दलहरुमा निरन्तर संवाद हुनु जरुरी छ’, नेता ज्ञवालीले भने, ‘विविध कारणहरुले निर्वाचनमा जान नसकेपनि त्यसलाई ठुलो मुद्धाको रुपमा चित्रण नगरी आप्mनो ऐजेण्डा स्थापित गर्ने दिशामा अगाडी बढ्न समेत म मोर्चालाई आग्रह गर्दछु ।’
नेता ज्ञवालीले पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपनि मुलुकका अधिकांश मुद्धाहरु समाधान भएको, संविधान जारी गर्नका लागि अन्तिम प्रयास गरिएको भन्दै कार्यकर्ताका गुनासा र जिज्ञासा मेटाउने प्रयास गरेका थिए । संविधान सभाबाट अहिलेसम्म भएका प्रगतीहरुको बारेमा समेत ज्ञवालीले जानकारी गराए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग