Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खर्बाङ्मा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट

Published on 5:09:00 PM //

कौरव खत्री
आश्विन २०, बागलुङ । नेपाली काँग्रस बागलुङ क्षेत्र नं. ३ को चुनावी प्रसार प्रसार अभियान अन्तर्गत आज जिल्लाको दगातुम्डाँडा गाउँ विकास समिति स्थित खर्बाङमा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमीसगैं सविंधान सभाको दोश्रो निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रस क्षेत्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्य समिति दगातुम्डाँडाका सभापति रत्नबहादुर क्षेत्रीको अध्यक्षता रहेको थियो । क्षेत्र नं ३ का दगातुम्डाँडा, ग्वालिचौर, भिमगिठे, बुर्तिबाङ रिघा लगायतका गाउँ विकास समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा बाजा गाजा सहित रिघा गाउँ विकास समितिको गिरिङ्दी देखि खर्बाङ बजारसम्म वृहत नाराजुलुस सहित ¥याली  निकालिएको थियो । पार्टीका स्थानीय देखि लिएर जिल्ला तथा केन्द्रिय स्तरका करीब ४ सय नेता तथा कार्यकर्ताहरुको उपस्थििति रहेको कार्यक्रममा शुभकामना दिनेक्रममा ¥यालीलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य तथा बागलुङ् क्षेत्र नं ३ की उम्मेदवार ज्ञान कुमारी छन्त्यालले लोकतान्त्रिक सविंधान निर्माण गर्नका लागि महिलाका हक हित  हिशां अन्त्य हुनुपर्ने भन्दै सबै महिला एक जुट हुनु पर्ने कुरामा जोड दिनुभएको थियो ।साथै उहाँले नेपाली काँग्रेस मात्रै एउटा लोकतान्त्रिक पार्टी रहेको र लोकतान्त्रिक गणतन्त्रको सस्ंथागत,र लोकतान्त्रिक सविंधान निर्माण गर्न अबको चुनावमा आफुहरुलाई विजयी गराउन पनि आग्रह गर्नुभएको थियो । उक्त अवसरमा पार्टीमा आस्थावान युवा तथा कार्यकर्ताहरुलाई पार्टीको चुनाव चिन्ह तथा झन्डा अकिंत टोपी, टि सर्ट तथा रुमाल प्रदान गरिएको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङका आमन्त्रित सदस्य डालेश्वर भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्य समिति सचिव तेजबहादुर अर्याल र नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङकी सहसचिव गण्डकी थापाले गर्नभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग