Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अष्ट्रेलियामा नेपाली विद्यार्थीले खोले हस्तकलाको स्टोर

Published on 5:16:00 PM //

ऋषी आचार्य
सिड्नी— सिड्नीबाट करिव १८० किलोमिटर टाढा रहेको न्यु क्याशल शहरमा नेपाली हस्तकलाका सामनहरुको स्टोर संचालनमा आएको छ। माउण्ट ८८४८ (सगरमाथाको) नाममा स्थापना भएको यो स्टोरलाई शिशिर शर्माले संचालनमा ल्याएका हुन्।
अक्टोवर २ बुधवार न्यु क्यासलको स्टकल्याण्ड सुपर मार्केटमा रहेको उक्त स्टोरको न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खड्काले विशेष कार्यक्रममा उद्‌घाटन गरेका थिए। कार्यक्रममा न्यु क्यासलमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, स्थानिय ब्यवसायी र स्टोरका ग्रहकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै महाबाणिज्यदुत दिपक खड्काले यो हस्तकालाको सामानको ब्यवसायले विदेशमा नेपालको प्रचार हुनुका साथै नेपालको ग्रामिण भागमा रोजगारि सृजना हुने बिचार राखेका थिए ।

१८ महिना अघि उच्च शिक्षाका अध्ययनका लागि अष्ट्रेलिया आएका शर्माले अध्ययन सँगै हस्तकलाको ब्यवसायलाई निरन्तरता दिन लागेका हुन् । उनी अहिले न्यु क्यासल विश्वविद्यालयमा मास्टर इन इन्टरनेसनल विजनेस विषय पढ्दै छिन्। शर्माका अनुसार स्टोरमा करिव एक सय भन्दा बढी प्रकारका हस्तकलाका सामानहरु छन् । स्थानियको माग अनुसार अहिले गर्मीमा अनुकुल हुने कपडा, काठ र धातुका सजावटका समानहरु, नेपाली चिया काफी स्टोरमा छन् । भविष्यमा गलैचा तथा पस्मिना र आयुर्वेदीक र जडिबुटी उत्पादनहरु पनि राखिने शर्माले बताए ।

नेपालको बाग्लुङ, दोलखा रामेछाप र काठमाण्डौका नेपाली कारिगडले बुनेका सामानहरु उक्त स्टोरमा छन्। अष्ट्रेलियामा नेपाली हस्तकालका समानहरु, धातु र स्टोनका गहना र हातले बुनेका तयारी पोशाकको माग बढ्रदै गएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग