Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४ महिना देखि अवरुद्ध मोटरबाटो सञ्चालनमा

Published on 12:31:00 AM //

सागर भण्डारी
गुल्मी, असौज १८ । बर्षासगैं बागलुङ जिल्लाको पश्चिमी गाउँ विकास समिति ग्वालिचौरमा अवरुद्ध ग्रामिण मोटरबाटो शुक्रबारबाट सञ्चालनमा आएको छ । वर्षाले मोटरबाटोको बिच बिचमा पहिरो खसेको र वर्षे भेलले गर्दा करीब ४ महिना देखि अवरुद्ध उक्त मोटरबाटो सञ्चालनमा आएको हो । बाटो मर्मतका लागि प्रयाप्त मात्रामा बजेट नभएकोले स्थानीहरु मिलेरै भएपनि बाटोको मर्मत कार्य सकेपछि उक्त बाटो सञ्चालन भएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिनुभएको छ । स्थानीयले उक्त बाटो मर्मतको लागि २ दिन सम्म जनश्रमदान गरेका थिए ।
बाटो सुचारु भएसगैं गाउँविकास समितिका मानिसहरु खार बजारबाट सामान ओहोर दोहोर गराउन सजिलो भएको छ भने दागबाट भानु उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई पनि सहज भएको बताईएको छ । बाटो सुचारु भएसगैं गाउँ विकास समिति भित्रका करीब १ सय ७० घरधुरी लाभान्वित भएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग