Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेवा प्रदायकको जवाफ देहीता बढाउन आवस्यक रहेकोमा जोड

Published on 12:28:00 AM //

नरेश भण्डारी
गुल्मी, असौज १८ । जिल्लाका सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले ०७० असौज १८ गते आयोजित एक कार्यक्रममा आफुहरुको जवाफदेहिता अभिवृद्धी गर्न नागरिक समाजले सचेत पार्नु पर्ने धारणा राखे ।
इन्सेक जिल्ला कार्यलय गुल्मीले आयोजना गरेको शिक्षा, खाद्य र स्वास्थ्य अधिकारको क्षेत्रमा जिल्ला स्तरका सेवाप्रदायकहरुले प्रदान गर्ने सेवाको गुणस्तीयता विषयक अन्तरकृया कार्यक्रममा प्रजिअ कमलराज ढकालले सेवा ग्रहीहरु जती सचेत बन्नुहुनेछ त्यति जवाफदेहीता बढ्नेछ भन्दै समुदायमा सचेतीकरणका कार्यक्रम पु¥याउन नागरिक समाजलाई आग्रह गरे । उनले जिल्लाका सेवा प्रदायकहरुलाई मस्कान सहितको सेवा चुस्त र दुरुत बनाउन आग्रह गरे ।
मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ।
फोटो ः नरेश भण्डारी
जिम्मेवार निकायले उपलव्ध गराउने सेवाको अवस्था र सुधारका उपायहरु खोजि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला विकास समितका बाबुराम पल्ली जिशिअ गोविन्दप्रसाद अर्याल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.हरिबहादुर केसी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण काफ्ले, कृषिविकास कार्यालयका परशुराम अधिकारी, पशु सेवा कार्यालयका पशसपती मारासिनीले सेवाको गुणस्तरता बारे प्रतिवेदन पेश गर्दै सेवा ग्राहीहरुले उठान गरेको समस्याको समाधान गरे ।
कार्यक्रम इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षता, इन्सेक प्रतिनिधि नरेश भण्डारीको सञ्चालन र सहजकर्ता सीता भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग