Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विगत ९ दिन देखि अवरुद्ध वामी आसपासको नमस्ते मोवाईल फोन सेवा सुचारु

Published on 7:27:00 PM //

कौरव खत्री
कार्तिक ३, गुल्मी । विगत ९ दिन देखि अवरुद्ध वामी लगायत आसपासको नमस्ते मोवाईल फोन सेवा आजबाट सुचारु भएको छ ।
वामीकै वडा नं  २ स्थितक स्मालिकाथानमा रहेको मोवाईल फोनको टावरमा समस्या आएपछि सप्तमीको दिन देखि मोवाईल सेवा अवरुद्ध भएको थियो । तर मर्मतको लागि तम्घासबाट आज नै प्राविधिक टोलि आएर मर्मत गरेपछि अवरुद्ध मोवाईल फोन सेवा सुचारु भएको हो । गत बिहिबार नै मोवाईल सेवा सुचारु हुने भनिएता पनि कर्मचारीहरु दशैँ विदामा रहेको र आजबाट मात्रै कार्यालय खुलेकोले उनीहरु आउन ढिलाई भएको निर्माण समितिका अध्यक्ष अग्नीधर लोहनीले जानकारी दिनुभयो । अवरुद्ध मोवाईल सेवा सुचारु भएसगैं वामी लगायत मुसिकोट, कुर्घा, वडागाँउ, पौदीअमराई, अर्लाङकोट, वागलुङका दगातुम्डाडा, रिघा, ग्वालीचौर लगाएत यस क्षेत्रका १८ गाउँ विकास समितिका नमस्ते मोवाईल फोन प्रयोगकर्ताहरु सञ्चारविहिन भएका थिए ।तर आज बाट सेवा सुचारु भएसगैं उपभोक्ताहरु ह्र्षित भएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग