Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानीको हाहाकार, एक गाग्रो पानीमा बिहान जान्छ

Published on 7:52:00 PM //

कृष्ण बिसी
नवलपरासी, असोज ३ । गुल्मीको हस्तिचौर गाविसको उजुङ्गमा एका बिहानै पुग्ने हो त्यहाँका बासिन्दालाई अन्य काम भन्दा पनि पानीको पिरोलोले सताउछ । पानी लिन त्यँहाका बासिन्दा बिहानै डोको नाम्लो लिएर करिव आधा घण्टाको उकालो बाटोमा पानी बोक्न तँछाड मछाड गर्छन । के बुढा के तन्नेरी सबैजना पानीको भारी बोक्न बिहान बिहानै आखा मिच्दै पधेरोमा पुग्ने गर्छन । बल्लतल्ल पँधेरोमा पुगेपनी पालो कुर्न पर्ने कारणले एक गाग्रो पानीमा उनिहरुको बिहान जाने गर्छ । परिवाका सदस्य धेरै भएकाहरुलेत बिहानै आप्नो घरमा पानी पुर्याउछन तर बुढापाकाहरु भने त पानी बोक्न नसक्नाले एक दिनको पानी एक हप्ता सम्म पुर्याउनुपर्ने बाध्यता रहेको गुनासो गर्छन । यसरी पानीको अभावमा रुमलिएका त्यस क्षेत्रका जनतामा घरघरमा पानीको धारा बनाईदिने आश्वासन नआएका पनि होईनन तर ति आश्वासन केवल बोलीमा मात्र सिमीत भएको छ ।
मोटरबाटो,बिद्युतको राम्रो सुविधा भएपनि पानीको समस्या झन बिकराल देखिएको स्थानिय बडा नागरिक मञ्चका सयोजक सुमनलाल बिश्वकर्माले बताउनुभयो । बिगतमा राजनैतिक दलका नेताहरुले पानी ल्याईदिने भनेर स्थानियको मन सजिलै जिती भोट लिएर राजधानि पसे र सभासद बने तर उजुङ्गका जनताको घरकै दैलोमा पानी खाने सपना अझै पुरा भएको छैन । अहिले यो समयमा चुनावी चहलपहल बढदा हस्तिचौर गाविसको बडा न ४ मा फेरी राजनैतिक दलहरुले घरघरमै पानी ल्याईदिने भनेर प्रचार प्रचार गरेका छन । बिगतमा जनताको पानी खाने सपना माथी खेलवाड गरेका राजनैतिक बिनासकोच पानी ल्याईदिने भनेर आश्वासन दिदा त्यहाको जनताका लागी पानी आकाशको फल आखा तरी मर जस्तै भएको छ । चुनावी सरगर्मी बढीरहदा हस्तिचौर बडा न ४ का जनता एउटै माग खानेपानी रहेको स्थानीयको भनाई छ ।अघिल्लो चुनावमा जसरी पानीलाई भोट पाउनको लागी हतियारको रुपमा प्रयोग गरियो त्यसैले स्थानियहरु बेलैमा जागरुक हुनु जरुरी छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग