Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङमा चुनावी चहलपहल, एमाओवादीको चुनावी सहयोग समिति गठन

Published on 3:58:00 AM //

रबिन लिंङदेन, हङकङ - दोश्रो संविधानसभाको चुनावको मिति नजिकिदै गर्दा सात समुन्द्रपारी वस्ने नेपाली समुदायमा पनि चुनावी चहलपहल वढ्दो छ । चुनावी प्रचार गर्न एकीकृत नेपाली मञ्च हङकङले पाँच सदस्य समिति गठन गरेको छ । काउलून डिस्ट्रिक स्थीत फुलावारी कल्वमा आइतवार विहान मञ्चको वैठक वसि नैन सिं गुरुङको सम्योजकमा धिरेन्द्र राई, दुर्गा गुरुङ ‘मिलन’, रविन लिङदेन, अर्जुन रानामगर रहेको समिति गठन गरेको छ ।

वैठक पछि समिति सदस्य दुर्गा तमु ‘मिलन’ले यहाँका स्थानिय संचार कर्मीलाई भने ‘प्रवासवाट हामिले भोट लगाउन नपाए पनि चुनावमा मोर्चा र पार्टीको सवैखाले गतिविधिलाई सहयोग पु¥याउनको लागि यहाँवाट हामिले सानो प्रयास गरेका छौं । यस अघिनै भौतिक सहयोगको लागि हाम्रा पाच दर्जन जति साथिहरु नेपाल गई सक्नु भएको छ र अझै पनि हाम्रा साथिहरु जान तयारी गर्दै हुनुहुन्छ । उनिहरुले चुनाव सकिन्जेल आ–आफ्नो क्षेत्रमा रहेर काम गर्ने छन् ।’ तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष समेत रहेका मिलन भन्छन ‘सोइच्छाले सहयोग गर्न जस्लेपनि पाइन्छ ।’

समितिका अर्का सदस्य लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष रविन लिङदेनले भने “चुनावमा हामिले मतदान गर्न त पाएनौं तर अहिलेको नेपाली समाजमा प्रवासमा रहेर पनि चेतना जगाउने काम भने गर्न सकिन्छ, जो जस्ले भोट दिन पाउछन उनिहरुको लागि चेताना जगाउने काम भने गर्न सकिन्छ त्यसको लागि हामी लागि नै परेको छौं ।”
हङकङमा एमाओवादीको आधा दर्जन जति सस्थामा करिव सातसयको संख्यामा कार्यकर्ता रहेको निर्वतमान पार्टी सचिव जेवी ओख्राबुले तवाए । ‘लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा केन्द्रिय सदस्य मात्र १० जना छौं, त्यसतै गरि किरातीमा पाच जना, तमुमा चार जना, मगर मुक्ति मोर्चामा समेत मोर्चाको केन्द्रि सदस्यहरु रहेका छन् । सवै मोर्चामा संगठित सदस्य वाहेक आ–आफ्ना साधारण सदस्य समेत रहेको छन उनले भने ।’ ओख्राबु लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सचिवालय सदस्य समेत हुन ।पार्टीको सामाजिक संस्थाको रुपमा एक वर्ष अघि मात्र खुलेको मञ्चमा जातिय मोर्चाका अध्यक्षहरु त्यस्को सदस्य रहेर काम गरिरहेका छन् । मञ्चको अध्यक्ष धिरेन्द्र चाम्लिङ भन्छन् पार्टीका चुनावी रणनितिलाई सफल पार्न हामी खटिरहेको छौं ।
हङकङमा हाम्रो पार्टीलाई सहयोग गर्ने कार्यकर्ता धेरै नै छन, उनिहरुको सहयोग यहि साता भित्रमा पार्टी कार्यालयमा पुग्ने छ भन्दै यतिवेला हामी कसैलाई चन्दा माग्दैनौ चाम्लिङले भने । एमाओवादीको हङकङमा जिल्ला पार्टी कमिटि सहित आधा दर्जन संगठन सक्रिय भएर गतिविधिहरु संचालन गरिरहेको छ । जसअन्तरगत, एकीकृत नेपाली मञ्च, पार्टीको सामाजिक सस्था अन्तरगत रहेको छ भने लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, किराती राष्ट्रिय मुक्ति मोर्चा, मगर राष्ट्रिय मुक्ति मोर्चा रहेको छन ।

हङकङमा अन्यपार्टीले समेत आफ्नो सस्था विस्तार गरेको छ । संघिय समाजवादी पार्टीले केहि महिना अघि मात्र ‘समावेसी नेपाली समाज’ खोलेर दुईवटा सक्रिय सस्था निर्माण गरेको छ । कांग्रेसको ‘जनसम्पर्क समिति’ र एमालेको ‘नेकपा एमाले हङकङ’ एक–एक सस्था मात्र रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग