Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ब्युटिसियन तथा इलेक्ट्रीसियनको ३ महिने तालिम सुरु

Published on 12:04:00 AM //

संगिता कुवँर
असोज १५, गुल्मी । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत गुल्मीमा ३ महिने असिस्टेन्ट ब्युटिसियन तथा बिल्डीङ इलेक्ट्रीसियन तालिम सदरमुकाम तम्घासमा सुरु भएको छ । नेपाल सरकारको आर्थिक सहयोग तथा गौरब इन्टिग्रेटेड डेभलभमेन्ट एसोसियसन नेपालको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमा ब्युटिसियन तर्फ २० महिला, इलेक्ट्रीसियन तर्फ ३ महिला १७ पुरुष सहभागी छन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका घरेलु तथा साना उद्योग बिकास समितीका प्रमुख कृष्ण प्रसाद प्रोख्रलले जिल्लामा सञ्चालन भएका यस्ता खालका तालिमलाई मिहिनेत र लगनशिल तरिकाले सिकेमा आफ्नै ठाउँमा ब्यबसायिक बन्न सकिने बताउनुभयो । साथै बिषेश अतिथी गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जिल्लामा सुरु हुन लागेको तालिम गुल्मीबासीका लागी खुसिको खबर भएको बताउँदै यस्ता तालिमबाट सहभागी हुनका लागी मात्र नभई ब्यबसायिक बनी स्वरोजगारको बन्न सकिने र बिदेशीने नेपालीलाई चुनौती हुन सक्ने बताउनुभयो । कार्यक्रममा गौरब इन्टिग्रेटेड डेभव्लभमेन्ट एसोसियसनका नारायण प्रसाद भट्टाराई, पत्रकार संगिता कुवँर लगायतले मन्त्व्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तालिम संयोजक नारायण प्रभात मरासिनीको अध्यक्षता राम प्रसाद गीरिको स्वागत मन्त्व्य एबम शिब चापागाँईको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा छनोटको लागी असिन्टेन्ट ब्युटिसियनमा १ सय ५९ र बिल्डीङ इलेक्ट्रीसियनमा ९५ जनाको दर्खास्त परेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग