Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय तथा स्थानीय संघ संस्थालाई एकै ब्यक्तीबाट लाखौंको सहयोग

Published on 7:09:00 PM //

राम सुवेदी
कार्तिक ८, बुर्तिबाङ । बागलुङको बुर्तिबाङ स्थित दुई विद्यालय तथा स्थानीय संघ संस्थालाई एकै व्यत्तिबाट लाखौंको सहयोग प्रदान गरिएको छ ।
शुक्रबार बुर्तिबाङ गाउँ विकास समितिको घोसाखानी स्थित घोसाखानी निम्न माध्यमिक पिवद्यालय तथा  सयपत्री युवाक्लवको आयोजनामा अतिथि सम्मान कार्यक्रम कार्यक्रममा ईमेज बचत तथा ऋण सहकारी संस्था पोखराका  अध्यक्ष युवा समाजसेवी देवकुमार नेपालीको यस्तो सहयोग गर्नुभएको थियो ।
घोसाखानी निम्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा ईमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवा समाजसेवी देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा बुर्तिबाङ राईजिङ युवाक्लवका अध्यक्ष केशर छन्त्याल, सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्रं सुनार, लगायतको विशेष उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रमका अवसरमा बुर्तिबाङ खानेपानी समितिका ओमकुमार नेपाली, क्षेत्रिय दलित सञ्जालका विष्णु विक, जनकल्याण निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापक गंगा बहादुर कार्की, वडा नागरिक मञ्का अध्यक्ष नर बहादुर सुनार लगायतको समेत आतिथ्यता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि देवकुमार नेपालीले दसलत समुदायमा आर्थिक क्रान्तिको आवश्यक रहेको भन्दै आफू पनि सचेत हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उक्त अवसरमा थप बोल्दै नेपालीले, दलित समुदायलाई राजर्नतिक दलहरुले उधारो विकासको नारा दिदै भ्रममा पानैृ प्रयास गरिहेको भन्दै उनीहरुको झोला नबन्न आग्रह गर्नुभएको थियो ।   उक्त अवसरमा लोकेन्द्र सुनार, केशर छन्त्याल, नरबहादुर सुनार, विद्यालयका प्रधानाध्यापक खुमबहादुर छन्त्याल, जनकल्याण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा बहादुर कार्की लगायतले बोल्नुभएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि नेपालीले स्थानीय संघ संस्था तथा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्र्नुभएको छ ।
सो अवसरमा वडा नं. ८ को घोसाखानी निम्न माध्यमिक विद्यालयलाई एक सेट कम्प्युटर, एक सेट फेटोकपि तथा फ्याक्स मेसिन, दुई वर्षका लागि मासिक ५ हजारका दरले एक जना दलित शिक्षकका लागि तलव तथा नगर २० हजार सहयोग गर्नुभएको छ भने उता वडा ७ को सामतमा रहेको जनकल्याण निम्न माध्यमिक विद्यालयलाई नगद ५ हजार, सयपत्री युवाक्लवलाई नगद ५ हजार, जनचेतना वालक्लव सामतलाई नगद २ हजार, व्राईट फ्युचर वालक्लवलाई नगद रु २ हजार तथा दलित जागरण समुह सामतलाई नगद २ हजार आर्थिक सहयोग गर्नुभएको छ । त्यस्तै घोसाखनीको मोटरबाटोलाई ५ लाख रुपैयाँ ऋण सहायता दिने घोषणा समेत गर्नुभएको छ । स्थानीयवासीले उपस्थित अतिथिहरुलाई फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग