हस्तिचौरका थप दुई माविमा पनि नेविसंघको गठन
Published on
6:35:00 PM //
पि.एम.मगर
गुल्मी, कार्तिक ८ । गुल्मीको हस्तीचौरमा रहेका दुई छुट्टाछुट्टै माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको भेला सम्पन्न भएको छ । भेलाले इकाई समिति तथा छात्रा संघको समेत गठन गरेको छ ।
गाविसको वार्ड नं. ८ पालुखामा रहेको पालुखा माध्यमिक विद्यालयमा सम्पन्न भेलाले सन्दीप के.सी.को अध्यक्षतामा गठिट ७२ सदस्यीय नेविसंघको इकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उत्तम श्रेष्ठ, सम्झना कुवँर, चन्द्रा थापा, सचिव रमेश थापा, सहसचिव माया घिमिरे, कोषाध्यक्ष डिलाराम पोखरेल लगायत रहनुभएको छ । त्यस्तै अस्मिता जिसीको अध्यक्षतामा ४६ सदस्यीय छात्रा संघको गठन गरिएको छ । संघको उपाध्यक्षमा माया कुवँर, सचिव अप्सरा थापा, सहसचिव उमाकला थापा, कोषाध्यक्षमा अनिता के.सी. लगायत रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस हस्तीचौर ८ का वडा सभापति तिलबहादुर कुवँर, सदस्य शिवा घिमिरेलगायतले मन्तव्य व्यक्त गर्दै आसन्न संविधानसभा निर्वाचनलाई सम्पन्न गर्न तथा काँग्रेसको पक्षमा मत स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट लागिरहने प्रतिबद्धता जनाएका थिए । नेविसंघका पुर्व इकाई सदस्य लिलबहादुर कुवँरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रम पुर्व इकाई सदस्य रमेश थापाको अध्यक्षता तथा क्षेत्रीय कोषाध्यक्ष पार्वती के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै सोही गाविस वार्ड नं. ६ मा रहेको देविस्थान माध्यमिक विद्यालयमा पनि नेपाल विद्यार्थी संघ इकाई समितिको गठन गरिएको छ । अप्सना पन्थीको अध्यक्षतामा गठिट ७५ सदस्यीय समितिको उपाध्यक्षमा कृष्ण खत्री, चिरन सारु, लिला परियार, सचिव सरिता पच्या मगर, सहसचिव सृजना कुवँर लगायत रहनुभएको छ । त्यस्तै लिला परियारको संयोजकत्वमा२५ सदस्यीय छात्रा संघको पनि गठन गरिएको छ । भेलामा विशेष अतिथि नेपाल तरुण दलका गाउँ कार्य समिति उपाध्यक्ष ज्ञानबहादुर सारु, नेपाल विद्यार्थी संघका क्षेत्रीय सहसचिव प्रदिप जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । बसन्त रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुखा माध्यमिक विद्यालयका पर्व इकाई सदस्य लिलबहादुर कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन क्षेत्रीय कोषाध्यक्ष पार्बती के.सी.ले गर्नुभएको थियो ।
गुल्मी, कार्तिक ८ । गुल्मीको हस्तीचौरमा रहेका दुई छुट्टाछुट्टै माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको भेला सम्पन्न भएको छ । भेलाले इकाई समिति तथा छात्रा संघको समेत गठन गरेको छ ।
गाविसको वार्ड नं. ८ पालुखामा रहेको पालुखा माध्यमिक विद्यालयमा सम्पन्न भेलाले सन्दीप के.सी.को अध्यक्षतामा गठिट ७२ सदस्यीय नेविसंघको इकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उत्तम श्रेष्ठ, सम्झना कुवँर, चन्द्रा थापा, सचिव रमेश थापा, सहसचिव माया घिमिरे, कोषाध्यक्ष डिलाराम पोखरेल लगायत रहनुभएको छ । त्यस्तै अस्मिता जिसीको अध्यक्षतामा ४६ सदस्यीय छात्रा संघको गठन गरिएको छ । संघको उपाध्यक्षमा माया कुवँर, सचिव अप्सरा थापा, सहसचिव उमाकला थापा, कोषाध्यक्षमा अनिता के.सी. लगायत रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस हस्तीचौर ८ का वडा सभापति तिलबहादुर कुवँर, सदस्य शिवा घिमिरेलगायतले मन्तव्य व्यक्त गर्दै आसन्न संविधानसभा निर्वाचनलाई सम्पन्न गर्न तथा काँग्रेसको पक्षमा मत स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट लागिरहने प्रतिबद्धता जनाएका थिए । नेविसंघका पुर्व इकाई सदस्य लिलबहादुर कुवँरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रम पुर्व इकाई सदस्य रमेश थापाको अध्यक्षता तथा क्षेत्रीय कोषाध्यक्ष पार्वती के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।त्यस्तै सोही गाविस वार्ड नं. ६ मा रहेको देविस्थान माध्यमिक विद्यालयमा पनि नेपाल विद्यार्थी संघ इकाई समितिको गठन गरिएको छ । अप्सना पन्थीको अध्यक्षतामा गठिट ७५ सदस्यीय समितिको उपाध्यक्षमा कृष्ण खत्री, चिरन सारु, लिला परियार, सचिव सरिता पच्या मगर, सहसचिव सृजना कुवँर लगायत रहनुभएको छ । त्यस्तै लिला परियारको संयोजकत्वमा२५ सदस्यीय छात्रा संघको पनि गठन गरिएको छ । भेलामा विशेष अतिथि नेपाल तरुण दलका गाउँ कार्य समिति उपाध्यक्ष ज्ञानबहादुर सारु, नेपाल विद्यार्थी संघका क्षेत्रीय सहसचिव प्रदिप जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । बसन्त रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुखा माध्यमिक विद्यालयका पर्व इकाई सदस्य लिलबहादुर कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन क्षेत्रीय कोषाध्यक्ष पार्बती के.सी.ले गर्नुभएको थियो ।









