Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस जैसीथोकको अन्तरकृया सम्पन्न

Published on 7:25:00 AM //

पि.एम.मगर
गुल्मी, असोज २४ । नेपाली काँग्रेस, गुल्मी क्षेत्र न.. ३ अन्तर्गत जैसीथोक गाविसमा बुधवार  अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले पार्टीले गर्नुपर्ने कार्यहरुको विषयमा विभिन्न जिज्ञासाहरु राख्दै ती विषयहरुमा सचेत हुन समेत नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुल्मी क्षेत्र नं. ३ का उम्मेदवार त्रैलोक्यप्रताप सेनले संविधानसभाको रिक्तताका कारण देश अस्थिरता र शुन्य अवस्थातर्फ उन्मुख हुने खतरा बढ्दै गएको बताउनुभयो । उहाँले राष्ट्रमा ऐतिहाँसिक क्रान्तिको जिम्मेवारी नेपाली काँग्रेसले मात्रै बहन गर्दै आएको र काँग्रेस मात्रै प्रजातान्त्रिक शक्ति भएको दावी गर्दै राष्ट्रको निकास पनि काँग्रेसकै काँधमा रहेको दावी गर्नुभयो । उहाँले राजनीति र विकाससँगै जैसीथोकबासीको जीवनस्तर उकास्नका लागि आफु लागिरहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराई मगरले नेपाली काँग्रेस मात्रै परिवर्तनकारी शक्ति भएको बताउँदै काँग्रेसलाई निर्णायक तहसम्म पु¥याउन जनताको हात रहेको र साथ दन समेत जैसिथोकबासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य विष्णु पन्थी, पार्टीका क्षेत्रीय सदस्य भगतसिँह खड्का, नेविसंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद अर्याल, बस्तु गाविसका पार्टी सभापति लालमणी भण्डारी, हाडहाडेका सभापति तेजबहादुर बोहोरा लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । जैसिथोक गाविसका पार्टी सभापति प्रेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग