Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बसमा कोचाकोच, खसेर एक घाईते

Published on 10:22:00 AM //

प्रेम सुनार
गुल्मी, असौज २४ । कोचाकोच मान्छे खाँदिएको बसको ढोकाबाट खसेर अर्खलेमा बुधवार साँझ हस्तीचौरका एक युवा घाईते भएका छन् । वुटवलबाट सिमलटाररीतर्फ जाँदै गरेको लु १ ख ६८१५ नम्वरको बसको ढोकाबाट खस्दा अर्खले ७ स्थित पानी ट्याङ्क मोडमा खसेर हस्तीचौर ८, पनाह निवासी २० वर्षिय युवा अर्जुन कुँवर घाईते हुनुभएको हो । उहाँलाई रेसुङ्गा अस्पताल तम्घासमा सामन्य उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको उहाँका बाबु बलबहादु्र कुँवरले बताउनुभयो । उहाँको हात भाँचिएको, मुहार र शरिरको पछाडी गम्भीर असर परेको अस्पतालले जनाएको छ । दशै लागे लगत्तै यात्रुहरु बस, जीपमा कोचाकोच चढ्ने, धेरै जसो छतमा जोखिमपुर्ण यात्रा गर्ने गरेका छन् । यसवाट थप दुर्घटना हुने हुँदा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक कार्यालयले आग्रह गरेको छ ।
घाइते कुँवर अस्पातलमा । तस्बिर: प्रेम सुनार


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग