Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवासंघ गुल्मीले तम्घासमा युथफोर्स गठन

Published on 11:45:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक ५ । नेकपा एमाले निकट युवा संघ नेपाल जिल्ला कार्या समिती गुल्मीको आयोजनामा मंगलवार तम्घासका युवाहरुको एक भेला समपन्न भएको छ । भेलाले सुरज थापाको संयोजकत्वमा २७ सदस्यि युथफोर्स गठन गरेको छ । जसको सहसंयोजकमा प्रकास पुलामी रहनु भएको छ ।
भेलाले तम्घास गाउकमिटीको १ देखि ९ वाड सम्म वार्ड कमिटी इन्चार्ज समेत गठन गरेको छ जसको प्रमुखमा तम्घास वार्ड नं.१ मा द्धारिका श्रेष्ठ, वार्ड नं.२ मा प्रकाश पुलामी, वार्ड नं.३ मा ननारायण कुवँर, वार्ड नं. ४ मा पृथ्वी श्रीस, वार्ड नं. ५ मा बिरेन थापा, वार्ड नं.६ मा सन्त नेपाली, वार्ड नं. ७ मा दिपेन्द्र वराल, वार्ड नं.८ मा बवुराम चुँदारा र वार्ड नं. ९ मा नारायण पन्थी रहनु भएको छ ।
भेलामा युवा संघ नेपाल गुल्मीका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का युवा परिचालन संयोजक मोहन प्रसाद पाण्डे, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकण्ठ गौतम, नेकपा एमाले लुम्बिनी अञ्चल सदस्य किशोर पोखरेल, नेकपा एमाले जिल्ला कमिटी सहसचिव वालसिंह काउछा, जिल्ला कमिटी सदस्य प्रितम काउछा, कृष्ण भण्डारी, हिमाल कुवँर लगायतको सहभागिता रहेको थियो । भेलामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रितम काउछाले संबिधान सभाको निर्वाचनमा युवाहरुले महत्व पुर्ण भुमीका खेलेर नेकपा एमालेलाइ बिजयी गराउन सहयोग गर्न युवाहरुलाइ निर्देसन समेत दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग