Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"मगराँतको सदरमुकाम ढोरपाटन हुने": जनमुक्ति उम्मेदवार

Published on 11:38:00 PM //

रामकृष्ण बोहरा
बागलुङ । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले संविधानसभाको निर्वाचनमा विजयी भए मगरात राज्यको सदरमुकाम ढोरपाटनमा बनाउने प्रतिबद्वता जाहेर गरेका छन् । आज पत्रकार सम्मेलन गरी तीनै क्षेत्रका उम्मेदवारले मगरात राज्यको सिमाङकनमा ध्यान दिने, स्थानिय निकायमा बिनियोजन हुने बजेटलाई समानुपातिक बितरण गर्ने र मध्यपहाडी लोकमार्ग जतिसक्दो छिटो बनाउन पहल गर्ने प्रतिबद्वता जनाएका हुन् ।
पत्रकार भेटघाटमा बोल्दै केन्द्रिय सदस्य यामबहादुर बुढाले आफ्नो पार्टिले धौलागिरीका २ सहित देशभर १५ स्थानमा जित हाँसिल गर्ने दाबी समेत गर्नुभएको छ ।  । म्यादी र पर्वतको क्षेत्र नं. १ मा आफ्नो जनाधार राम्रो भएकाले आफुहरुको जित सुनिश्चित रहेको बुढाको दाबी थियो । उहाँले बहुजातिय लोकतान्त्रीक समाजबादले मात्र देशलाई निकास दिन सक्ने भएकाले नितिमा स्पष्ट रहेको पार्टीलाई मदतान गर्न आग्रह समेत गर्नुभएको छ ।
जनमुक्तिले पार्टी विजय भए पहिचान सहितको संघीयताको लोकतान्त्रिक संविधान निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्वता जनाएका छन् । पार्टिले पुर्ण संघियता र समानुपातिक प्रतिनिधित्वलाई पहिलो प्राथमिकता दिइएको समेत जनाएको छ । उम्मेदवारले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आलंकारिक राष्ट्राध्यक्ष र कार्यकारी प्रधानमन्त्री, भ्रष्टचारलाई राष्ट्रिय अपराध मान्ने, प्राकृतिक स्रोतसाधन र राष्ट्रिय सुरक्षाका सम्बन्धमा जनमत संग्रह, आरक्षण र संरक्षणको अधिकार, परराष्ट्र सम्बन्धको आधार र सुधार लगायतका बुँदाहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग