Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"रिडी-रुद्राबेणी-वामीटक्सार सडक बिग्रदै गयो, मर्मतमा ध्यान देउ"

Published on 2:04:00 AM //

सागर भण्डारी
गुल्मी, असौज २० । रिडी-रुद्रवेणी-वामीटक्सार मोटरबाटो उपभोक्ता समितिको अन्तरक्रिया कार्यक्रम आईतवार वामीमा सम्पन्न भएको छ ।
जिल्ला सुपरिवेक्षण तथा अनुगमन समितिका संयोजक एवं स्थानीय विकास अधिकृत हरी प्रसाद ज्ञवालीको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले मोटरबाटोको अवस्था बिग्रदै गएको तथा मर्मतमा त्यति धयान नगएको भन्दै मुख्यत: यस कुरालाई ध्यान दिएर सडकको मर्मतको लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै उक्त अवसरमा सडक मर्मतको काम अगाडी बढाउने भनिएता पनि अझै सम्म कार्य थालनी नभएको तथा वेवास्ता भएको र बाटोको बिचबिचमा खाल्डा खुल्डी परि बाटोको मुहार नै परिवर्तन भएको प्रति ध्यानाकर्षण गर्न सबैलाई आग्रह समेत गरिएको थियो । कार्यक्रममा अनुगमन समितिका संयोजक तथा समितिका अन्य पदाधिकारीहरुले बाटो मर्मतको लागि मर्मत कार्य थालिएको तर पैसा हिनामिना भएर कार्य अधुरै छाडनु परेको बताएका थिए ।
अन्तरक्रियामा उपभोक्ता समितिका पदाधिकारी, विभिन्न सघं सस्थाका प्रमुख, राजनैतिक दल, स्थानीय वुद्धिजिवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग