Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलेसियामा हुन लागेको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’को तयारी बेजोड रुपमा

Published on 2:21:00 AM //

कात्तिक २३ गते मलेसियामा आयोजना हुन लागेको "छैटौ नेफ्टा फिल्म अवार्ड"को तयारी अहिले बेजोड रुपमा भइरहेको छ ।
कलाकारहरुले करिब १ महिना लामो नृत्य तयारीलाई दशैसम्मका लागि विश्राम लगाएका छन् । मलेसियामा अवार्ड आयोजना हुने भएकाले पनि आयोजकले पुराना गीतहरुलाई बढि महत्व दिएको छ । विशेषगरी नेपाली सिनेमाका चर्चित पुराना गीतहरुमा नायिका करिश्मा मानन्धर, झरना थापा, निरुता सिंह, नन्दिता केसी, सौजन्य सुब्बा, हषिर्का श्रेष्ठ, अशिष्मा नकर्मी, केकी अधिकारी, नम्रता श्रेष्ठ, बेनिशा हमाल, प्रियंका कार्की लगायतले नृत्य गर्नेछन् । नायिकाहरुको तुलानामा नायकहरुको संख्या केही कम छ । नायकतर्फ सविन श्रेष्ठ, यशराज, गजित बिष्ट, गौरब पहाडीले नृत्य गर्ने छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग