Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र

Published on 11:37:00 PM //

राम सुवेदी
बागलुङ, कार्तिक ५ । राष्ट्रिय जनमोर्चा बागलुङले मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनलाई लक्षित गरि शुरु गरेको चुनावी अभियान अन्तर गत आज जिल्लाको बिभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ ।

अभियान अन्तरगत क्षेत्र नम्वर १ को अर्गल, २ को मल्म बासखोला र ३ को बोवाङमा चुनावी सभा सम्पन्न भएको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।

क्षेत्र नम्वर १ को अर्गलमा सम्पन्न कार्यक्रममा नेकपा मसाल बागलुङका प्रवक्ता भरत पौडेलले संघियताका कारण बिगतको संबिधानसभाबाट संबिधान नवनेको उल्लेख गर्दै संघियताको खारेजी संगै संबिधान निर्माणका लागि संघियताको बिरुद्धमा संघर्षरत जनमोर्चाका उमेदवारलाई  बिजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नम्वर १ का उमेदवार तिर्थसिंह थापाले राष्ट्र र राष्ट्रियता रक्षाको लागि जनमोर्चालाई बिजयी बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम निर्वाचन परिचालन समिती अर्गलका संयोजक पूर्णबहादुर थापाको अध्यक्षता, खड्क बिकको स्वागत र अखिल छैठौका जिल्ला सचिव सागर कुवरको संचालनमा सम्पन्न भएको थियो ।
क्षेत्र नम्वर २ को मल्म गाविसमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्दि«य सचिव तथा समानुपातिक उम्मेदवार कृष्ण अधिकारीले राष्ट्रियताको रक्षा, गणतन्त्रको सुदृढीकरण र संघियताको खारेजीका लागि राष्ट्रिय जनमोर्चालाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
क्षेत्र नम्वर २ का प्रत्यक्ष तर्फका उमेदवार राजेन्द्र ढुङ्गानाले ठुला भनिने पार्टीका कारण देश संकटग्रस्त भएकाले देशको अस्मिता बचाउन राष्ट्रिय जनमोर्चालाई मत दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा समानुपातिक तर्फका उमेदवार कुलबहादुर थापा, नारायण सापकोटा, राजमो बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटा र अखिल छैठौका केन्द्रिय महासचिव घनश्याम न्यौपानेले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम राजमो ग्राम समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता, सचिव बसन्त केसीको स्वागत र अखिल नेपाल शिक्षक संघका इलाका सदस्य पुस्कर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
यसैगरि क्षेत्र नंम्वर ३ को बोवाङमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्वर ३ का उमेदवार धर्मबहादुर कुवँर र राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तथा समानुपातिक उमेरवार अमर थापाले मंतव्य व्यक्त  गर्नु भएको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले बिभिन्न जनवादी गित नृत्य प्रस्तुत गरेको जनमोर्चा बागलुङले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग