Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो बुर्तिबाङमा जारि कोजाग्रत पूर्णिमा मेलामा

Published on 2:03:00 AM //

राम सुवेदी
बुर्तिबाङ, बागलुङ । बागलुङको बुर्तिबाङमा जारी कोजाग्रत पूर्णिमा मेला बिहीवार सकिएको छ । बुर्तिबाङ राईजिङ युवा क्लवको आफ्नो ११औं वार्षिकोत्सवसँग जोडिएको उक्त कार्यक्रम गत कार्तिक २ गते ईमेज बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष देवकुमार नेपालीले उद्घाटन गर्नुभएको थियो ।
उक्त अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । आयोजित  खुल्ला पुरुष भलिवल प्रतियोगीतामा बुर्तिबाङ यातायात व्यवसायी समिति बुर्तिबाङ प्रथम, र वाईसिएल क्षेत्र नं. ३ द्धितिय भएका छन् । उता महिला भलिवल प्रतियोगितामा न्यू डाईमण्ड बोर्डिङ स्कुल काठमाण्डौ प्रथम तथा खेलकुद विकास समिति जलजला द्धितिय भएकाछन् । उता आयोजित दोहोरीगित प्रतियोगीतामा छन्त्याल समुह देविस्थान काँडाखानीको समुह प्रथम तथा रेडियो ढोरपाटनको समुह द्धितिय भएकाछन् । त्यस्तै नृत्य प्रतियोगीतामा जनता सेकेन्ड्री ईंलिस बोर्डिङ स्कुल बुर्तिबाङ प्रथम तथा बन्दना घर्ति द्धितिय भएका छन् । त्यस्तै हाजिरी जवाफ प्रतियोगीतामा थ्री स्टार वालक्लव गुजा प्रथम तथा न्यू मोडर्न एकेडेमी द्धितिय भएकाछन् ।
त्यस्तै गरि पुरुष भलिवल तर्फ वेष्ट स्पाइकर तर्फ जीवन शाहानी, वेस्ट सर्भर तर्फ प्रेम पुन, वेस्ट डिफेन्स तर्फ निश्चल राना र वेष्ट प्लेयर तर्फ मनोज गौचन रहेका छन् उता महिला भलिवल तर्फ वेस्ट स्पाइकर तर्फ प्रतिभा माली, वेष्ट सर्टर तर्फ कृपा अधिकारी, वेष्ट सर्भर तर्फ पवित्रा पुन तथा वेष्ट प्लेयर तर्फ ललिता नाथलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रम बुर्तिबाङ राईजिङ युवाक्लवका अध्यक्ष केशर छन्त्यालको अध्यक्षता तथा ईमेज बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव कमल भुसालको सञ्चालनमा सम्पन्न भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग