Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडित रमेशलाई गुल्मी जापान समाजद्धारा १ लाख सहयोग

Published on 2:15:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक ७ । १ वर्ष देखि ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका गुल्मी हस्तिचौर –६ का रमेश घिमिरेलाई विदेशबाट सहयोग प्रदान गरिएको छ । गुल्मी जापान सम्पर्क समाज बाट रु १ लाख सहयोग भएको छ । संस्थाका सदस्य राजु ढकालको नेतृत्वमा उठाएर ल्याइएको उक्त रकम बिहीवार नेपाल सरकारका कानुन मन्त्री हरि प्रसाद न्यौपानेद्धारा  ब्लड क्यान्सर पिडितका वुवा रामलाल घिमिरेलेलाई एक कार्यक्रम गरि हस्तारण गरिएको छ ।
छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक हैसियत कमजोर भएका घिमिरेले सवैलाई उपचारको लागि सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो । घिमिरेका अनुसार आफु सक्दो सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ३५२४७ मा रकम जम्मा गर्न सकिने छ । उनको उपचारको लागी बिभिन्न संघ संगठनहरुबाट भएको सहयोगबाट उपचार भइरहेको छ । पछिल्लो रिपोट अनुसार उनको स्वाथ्यमा धेरै सुधार आएको छ । ब्लड क्यान्सर भई उपचार गराई रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिचौर गाबिस वार्ड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढने र गत २०६९ साल चैत्र महिनामा संञ्चालन भएको एसएलसी परिक्षामा सहभागि हुने बिद्यार्थी थिए तर अस्वस्थताका कारण उनि परिक्षामा सहभागि हुन भने सकेनन्् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग