Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली सराँय नाच चितवनमा पनि

Published on 2:59:00 AM //

भरतपुर । पश्चिम नेपालको गुल्मी सहित आसपासका जिल्लामा बडादसैँको अवसरमा खेलिने सराँय नाच शनिबार चितवनमा प्रदर्शन गरिएको छ । गुल्मी-चितवन मैत्री समाजले भरतपुरको माहाकालेश्वर शिव मन्दिर परिसरमा सराँय नाच देखाएको हो ।
गुल्मी जिल्लाको ऐतिहासिक साँस्कृतिक धरोहरका रुपमा रहेको साराँय नाच अवलोकनका लागि गुल्मी-चितवन मैत्री समाजमा आवद्ध रहेका सदस्यका साथै भरतपुर आसपासका सर्वसाधरणहरुको सहभागिता रहेको थियो । बिशेषगरी बडादसैँको अवसरमा नवदुर्गालाई प्रसन्न पार्नको लागि नाचिने सो नाचमा घरेलु हतियारहरुको प्रयोग गर्ने गरिन्छ ।
नाचमा तालिम प्राप्त नृत्याङगनाहरुले हतियार सहित नाचिने परम्परा रहेको गुल्मी-चितवन मैत्री समाज चितवनका सचिव दिपक ढकालले बताए । दसैँको अवसरमा पशुबलि पछि घरेलु हतियार खुँडा, तरबार, खुकुरीसहित नाचिने प्रचलन रहेको सचिव ढकालले जानकारी दिए ।
परापूर्व कालमा देवि र राक्षस बिचको युद्धलाई स्मरण गर्नका लागि यो नाच नाचिने गरेको हो । परम्परागत साँस्कृतिक नृत्यको संरक्षण गर्ने उदेश्यले चितवनमा पहिलो पटक सो नाच प्रर्दशन गरिएको गुल्मी चितवन मैत्री समाजले जनाएको छ ।
सराँय नाचको उद्घाटन नेपाल सरकारका उपसचिव शिवदत्त भट्टराईले गरेका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग